आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

राष्ट्रिय सभा अन्तर्गत नवनिर्वाचित समिति सभापतिहरुले लिए पद तथा गोपनियताको शपथ

राष्ट्रिय सभा अन्तर्गत नवनिर्वाचित समिति सभापतिहरुले लिए पद तथा गोपनियताको शपथ

 

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत ४ वटा विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । बिहीवार सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नव निर्वाचित समिति सभापतिहरुलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् ।

चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेपछि बिहीवार नै बसेको सम्बन्धित समितिको बैठकले उहाँहरूलाई निर्विरोध सभापति चयन गरेको थियो । जसअनुसार दिगो विकास तथा सुशासन समिति सभापतिमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. वेदुराम भुषाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिलकुमारी रावल थापा पार्वतीले शपथ लिएका छन् । शपथग्रहण कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोईराला पनि सहभागी थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend