logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • थप २२७ जनामा कोरोना सङ्क्रमण, १ जनाको मृत्यु

    थप २२७ जनामा कोरोना सङ्क्रमण, १ जनाको मृत्यु

    13K
    Shares
    थप २२७ जनामा कोरोना सङ्क्रमण, १ जनाको मृत्यु

     

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ४०१ कोरोना परीक्षण गर्दा २२७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    एक हजार ५१८ जनाको पीसीआर परीक्षण गर्दा १३७ र दुई हजार ८८३ एन्टिजेन परीक्षण गर्दा ९० जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६८ जना सङ्क्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

    त्यस्तै, हाल मुलुकमा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४७३ छ । त्यस्तै, पछिल्लो २४ घण्टामा एक लाख ४३ हजार ५९५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend