logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • नेकपा बिरुद्धमा मुद्दा हालेर पार्टी फुटाइदिएको भन्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलप्रति प्रचण्डको असन्तुष्टि

    नेकपा बिरुद्धमा मुद्दा हालेर पार्टी फुटाइदिएको भन्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलप्रति प्रचण्डको असन्तुष्टि

    8K
    Shares
    नेकपा बिरुद्धमा मुद्दा हालेर पार्टी फुटाइदिएको भन्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलप्रति प्रचण्डको असन्तुष्टि

     

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिरुद्धमा मुद्दा हालेर पार्टी फुटाइदिएको भन्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलप्रति असन्तुष्टि व्यक्त गरेका छन् । बिहीवार शहीद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान, नेपालले काठमाडौंमा आयोजना गरेको २४ औँ शहीद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी) स्मृति दिवस तथा स्मृति ग्रन्थ सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले असन्तुष्टि व्यक्त गरेका हुन् ।

    अध्यक्ष दाहालभन्दा अगाडी मन्तव्य राख्नुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाली काँग्रेससँग भाग मागेर उत्पीडित वर्ग र समुदायको मुक्ति नहुने टिप्पणी गरेका थिए । सोही टिप्पणीको जवाफ दिँदै अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनलाई एक बनाउँदा फुटाउनका लागि अदालत गएको भन्दै कट्टेलप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनले तत्कालिन नेकपा फुटाउन अदालत जानेले संविधान र गणतन्त्रको रक्षाको लागि गरिएको कामलाई गलत भन्नु नहुने बताए । उनले कट्टेललाई जनक्रान्तिको बेलामा कहाँ हुनुहुन्थ्यो ? किन त्यो आदर्शमा लाग्नुभएन भन्ने प्रश्न समेत गगरे ।

    उनले भने – ‘ऋषिजीले जो आदर्शको कुरा गर्नुभयो, म यतिमात्रै भन्न चाहन्छु, ऋषिजी तपाई जनक्रान्तिको बेलामा कहाँ हुनुहुन्थ्यो ? तपाई त्यो आदर्शमा किन लाग्नुभएन ? नेपालको कम्युनिष्ट आन्दोलनलाई एक बनाउनुपर्छ भन्दा यसलाई फुटाउनुपर्छ भनेर अदालतमा जाने तपाई नै होइन र ? अनि अहिले काँग्रेससँग मिल्यो भनेर तपाईले भन्न मिल्छ ? संविधान र गणतन्त्रको रक्षाको लागि गरिएको कामलाई । मेरो विचारमा मिल्दैन ।’

    अध्यक्ष दाहालले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको भएपनि हामलसम्म कार्यान्वयन नभएको बताए । उनले सो निर्णय कार्यान्वयनका लागि लडाईं गरिरहेको बताए । उनले वर्गयुद्ध जारी रहेको उल्लेख गरे । माओवादी केन्द्रप्रति नकारात्मक प्रहारहरु भइरहेको भन्दै उहाँले प्रतिक्रियावादीहरुको बिरुद्धमा आफू संघर्षमा नै रहेको बताए ।

    उनले भने– ‘मैले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको हैसियतले जनयुद्धको तमाम शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गर्ने माइन्युटमा पहिलो निर्णय गराएँ । तर त्यो माइन्युट अहिले छैन । राजपत्रमा तुरुन्त निकालिनुपथ्र्यो, निकालिएन । र त्यो लडाइँ अहिले पनि जारी छ । अहिले गठबन्धनभित्र पनि छ । वामपन्थी गठबन्धन र कम्युनिष्ट एकता गरेको सरकारको बेलामा पनि थियो । अहिले पनि छ । चलिराख्छ । हामी संघर्षमा बसिराख्यौँ भने त हामी जीवित रहिराख्न सक्छौँ । संघर्षबाट छुट्यौँ भने हाम्रो धेरै अपm्ठ्यारो स्थिति आउँछ । त्यसकारण हामी संघर्षमै छौँ । म संघर्षमै रहेको अनुभुति हुन्छ । म भिन्न रुपले संर्घषमै छु । यो वर्गयुद्ध हो । वर्ग लडाईं हो जारी छ । अहिले कसले जित्छ भन्ने कुराको अन्तिम फैसला भइसकेको छैन । प्रहार माओवादी केन्द्रमाथि हिजो जनयुद्धको बेलामा पनि थियो यो अपराधीहरुको हो भनेर, टाउकै काट्ने कुरा थियो । अहिले पनि माओवादी अस्थिरताको कारक हो । प्रचण्ड रहँदासम्म यो देश अपm्ठ्यारोमा परिराख्छ त्यसकारण प्रचण्ड सिध्याउनुपर्छ भनिएकै छ । मैले संघर्ष छोडेको भए त्यसो भन्नुपर्ने आवश्यकता हुँदैनथ्यो प्रतिक्रियावादीहरुलाई । अवसरवादीहरुलाई । म संघर्षमै छु त्यसकारण प्रहार अर्को कित्ताबाट भइनै राखेको छ । म अन्तिम समयसम्म संघर्षमा रहनेछु ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend