काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफू अन्तिम समयसम्म संघर्षमा रहने बताएका छन् । बिहीवार शहीद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान, नेपालले काठमाडौंमा आयोजना गरेको २४ औँ शहीद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी) स्मृति दिवस तथा स्मृति ग्रन्थ सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
अध्यक्ष दाहालले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको भएपनि हामलसम्म कार्यान्वयन नभएको बताए । उनले सो निर्णय कार्यान्वयनका लागि लडाईं गरिरहेको बताए । उनले वर्गयुद्ध जारी रहेको उल्लेख गरे । माओवादी केन्द्रप्रति नकारात्मक प्रहारहरु भइरहेको भन्दै उहाँले प्रतिक्रियावादीहरुको बिरुद्धमा आफू संघर्षमा नै रहेको बताए ।
उनले भने– ‘मैले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको हैसियतले जनयुद्धको तमाम शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गर्ने माइन्युटमा पहिलो निर्णय गराएँ । तर त्यो माइन्युट अहिले छैन । राजपत्रमा तुरुन्त निकालिनुपथ्र्यो, निकालिएन । र त्यो लडाइँ अहिले पनि जारी छ । अहिले गठबन्धनभित्र पनि छ । वामपन्थी गठबन्धन र कम्युनिष्ट एकता गरेको सरकारको बेलामा पनि थियो । अहिले पनि छ । चलिराख्छ । हामी संघर्षमा बसिराख्यौँ भने त हामी जीवित रहिराख्न सक्छौँ । संघर्षबाट छुट्यौँ भने हाम्रो धेरै अपm्ठ्यारो स्थिति आउँछ । त्यसकारण हामी संघर्षमै छौँ । म संघर्षमै रहेको अनुभुति हुन्छ । म भिन्न रुपले संर्घषमै छु । यो वर्गयुद्ध हो । वर्ग लडाईं हो जारी छ । अहिले कसले जित्छ भन्ने कुराको अन्तिम फैसला भइसकेको छैन । प्रहार माओवादी केन्द्रमाथि हिजो जनयुद्धको बेलामा पनि थियो यो अपराधीहरुको हो भनेर, टाउकै काट्ने कुरा थियो । अहिले पनि माओवादी अस्थिरताको कारक हो । प्रचण्ड रहँदासम्म यो देश अपm्ठ्यारोमा परिराख्छ त्यसकारण प्रचण्ड सिध्याउनुपर्छ भनिएकै छ । मैले संघर्ष छोडेको भए त्यसो भन्नुपर्ने आवश्यकता हुँदैनथ्यो प्रतिक्रियावादीहरुलाई । अवसरवादीहरुलाई । म संघर्षमै छु त्यसकारण प्रहार अर्को कित्ताबाट भइनै राखेको छ । म अन्तिम समयसम्म संघर्षमा रहनेछु ।’