logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रधानमन्त्री पद मेरो प्राथमिकतामा छैनः अध्यक्ष प्रचण्ड

    प्रधानमन्त्री पद मेरो प्राथमिकतामा छैनः अध्यक्ष प्रचण्ड

    12.1K
    Shares
    प्रधानमन्त्री पद मेरो प्राथमिकतामा छैनः अध्यक्ष प्रचण्ड

     

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पद आफ्नो प्राथमिकतामा नरहेको बताएका छन् । गठबन्धनमा निर्वाचनपछि प्रधानमन्त्री को भन्ने विषयमा विवाद हुँदा सहमति नजुटेको भन्ने आरोपमा सत्यता नरहेको प्रचण्डको भनाइ थियो । आफू प्रधानमन्त्रीको दौडमा नरहेको र निर्वाचनपछि मत परिणामको आधारमा प्रधानमन्त्रीको टुंगो लाग्ने प्रचण्डले बताए ।

    पोखरा पुगेका प्रचण्डले सञ्चारकर्मीहरुसँग कुरा गर्दै गठबन्धनमा सिट बाँडफाँटमा ठूलो असहमति नरहेको भन्दै आज भोलि नै शीर्ष नेताहरुको बैठकले सहमति जुटाउने बताए । प्रचण्डले विभिन्न जिल्लाबाट निर्वाचन लड्न प्रस्ताव गरिए पनि आफू चितवनबाटै निर्वाचन लड्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend