logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • नेकपा एमालेले केपी ओलीको नेतृत्वमा पुनः सरकार बनाउँछः ईश्वर पोखरेल

    नेकपा एमालेले केपी ओलीको नेतृत्वमा पुनः सरकार बनाउँछः ईश्वर पोखरेल

    13.3K
    Shares
    नेकपा एमालेले केपी ओलीको नेतृत्वमा पुनः सरकार बनाउँछः ईश्वर पोखरेल

     

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेले केपी ओलीको नेतृत्वमा पुनः सरकार बनाउने दाबी गरे । शुक्रवार काठमाडौंमा नव निर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।

    उनले राष्ट्रिय विकास र समृद्धिको योजनमा पार्टी केन्द्रित हुने र नक्कली कुरा गरेर खेतका गह्रागह्रामा सुरुङ खन्ने काम नगर्ने बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले नक्कली कुरा गरेर सत्ता स्वार्थमा डुब्न नचाहने पनि बताए । उनले रणनीतिक महत्वका सडकहरु केपी शर्मा ओलीको नेतृत्वमा शुरु भएको भन्दै अहिलेको सरकारले किन कटौती गरेको भन्ने प्रश्न गरे । उनले चुच्चे नक्शा मेटाइ अपराधपूर्ण काम गर्ने कोही व्यक्तिलाई पनि स्वीकार गर्न नसकिने बताउनु भयो । मुलुकमा राजनीतिक स्थायित्व नभए आर्थिक विकास र समृद्धि हुन नसक्ने बताए ।

    उनले भने, ‘रणनीतिक महत्वका सडकहरु काम प्रारम्भ भएका थिए, कनि कटौती गरियो ? ३०० भन्दा धेरै अस्पताल बनाउने कुराको प्रारम्भलाई किन अवरुद्ध गरियो ? जयसिंह धामीलाई तुइन काटेर हत्या गरियो, गठबन्धन सरकार चुँसम्म बोल्न सकेन । चुच्चे नक्शा मेटाउने अपराधपूर्ण काम गर्ने जोसुकै होस् ती पात्रहरुलाई हामी कहिल्यै स्वीकार गर्न सक्दैनौँ । नागरिकता विधेयकमा राष्ट्रिय हीत विपरित काम गर्ने कुराप्रति हामी स्वीकार गर्न सक्दैनौँ । मुलुकमा एउटा कुरा गर्न जरुरी छ । दलहरुका कमजोरी छन्, जनताले फैसला गर्नेछन् । तर यो मुलुकमा राजनीतिक स्थायित्व भएन भने आर्थिक विकास र समृद्धि हुन सक्दैन । राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता कमजोर हुन्छ । सामाजिक सद्भाव खल्बलिन्छ । हामी केपी ओलीको नेतृत्वमा आगामी सरकार बनाउँछौँ । यो उद्घोष गरिसकेका छौँ । राष्ट्रिय विकास र समृद्धिको योजनमा केन्द्रित हुन्छौँ । छिमेकीसँग लडाईं गर्ने भनेर नक्कली कुरा गरेर खेतका गह्रागह्रामा सुरुङ खन्दैनौँ । तर छिमेकीसँग आँखामा आँखा जुधाएर कुरा गर्छौं । हामी नक्कली कुरा गरेर सत्ता स्वार्थमा डुब्न चाहँदैनाँै । नक्कली कुरा गर्ने, अन्तर्राष्ट्रिय जगतमा ठगी गर्दै हिँड्ने, राष्ट्रिय राजनीतिमा अपराध गर्नेहरुलाई कहिल्यै छुट दिनेछैनौँ ।’

    वरिष्ठ उपाध्यक्ष पोखरेलले जनताका हकहीत, विकास निर्माण र सामाजिक सुरक्षाका विषयमा सबै राजनीतिक पार्टी एक हुनुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend