logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बैंकहरुमा तरलता अभाव छैनः डेपुटी गभर्नर मिश्र

    बैंकहरुमा तरलता अभाव छैनः डेपुटी गभर्नर मिश्र

    12.6K
    Shares
    बैंकहरुमा तरलता अभाव छैनः डेपुटी गभर्नर मिश्र

    काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकहरुमा तरलता अभाव नभएको बताएका छन् । शुक्रवार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोल्दै डेपुटी गभर्नर मिश्रले नेपालमा तरलता अभावभन्दा पनि लगानीयोग्य पूँजीको अभाव भएको बताएका हुन् ।

    उनले विदेशी राष्ट्रको समेत प्रतिनिधित्व भएको सम्मेलनमा बारम्बार तरलताको चाप रहेको भन्दा बाहिर राम्रो सन्देश नजाने बताए । डेपुटी गभर्नर मिश्रले बैंकहरुबाट ऋणपत्र (बण्ड) जारी गरेर पूर्वाधार विकासको लागि वृहत लगानी जुटाउन सकिने बताए । उनले राष्ट्र बैंकले बैंकहरूले ५ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको बण्ड निष्कासन गर्न सक्ने व्यवस्था गरेको बताए । मिश्रले राष्ट्र बैंकको नीति अनुसार ५ खर्ब ८ अर्बको पूर्वाधार निर्माणमा लगानी जुटाउन सकिने बताए । उनले हालसम्म बैंकहरूले १ खर्ब ३० अर्ब रुपैयाँको बण्ड जारी गरिसकेको बताए । उनले पूर्वाधारमा निर्माणमाथप लगानीका लागि बाहिरबाट ऋण लिन पाउने व्यवस्था राष्ट्र बैंकले खुलाइएको बताए ।

    मिश्रले सजिलैसँग पस्न र बस्न देऊ भन्ने नीतिमा लाग्नुपर्छ भन्ने नीति राष्ट्र बैंकको भएको बताए । डेपुटि गभर्नर मिश्रले पिपिए खुलेपछि लगानी कसरी जुटाउने भन्ने चिन्ता केन्द्रिय बैंकलाई हुने गरेको बताए । उनले सरकारले पिपिए खुलाएपछि नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष तथा अन्य बैंकरलाई बोलाएर छलफल गरेको बताए ।

    उनले भने,‘अहिले बैंकहरुले १०० प्रतिशत बण्ड जारी गर्न सक्नुहुन्छ । हालसम्म बैंकहरूले १ खर्ब ३० अर्ब रुपैयाँको बन्ड जारी गरिसक्नुभएको छ । राष्ट्र बैंकले ५३८ बण्ड जारी गर्न पाउने व्यवस्था गरेको छ । रिभिनिङ ५०८ अर्बको क्षमता बैंकहरुसँग छ । त्यो बण्ड जारी गर्न सकियो भने जलविद्युत, सहरी विकासलगायत ठूला औद्योगिक पूर्वाधारमा लगानी जुटाउन सक्छौं । पिपिए खुलेपछि लगानी कसरी जुटाउने भन्ने चिन्ता केन्द्रिय बैंकलाई छ । सरकारले पिपिए खुलाएपछि मैले नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष तथा अन्य बैंकरलाई बोलाएर छलफल गरेको थिएँ । थप लगानीका लागि बाहिरबाट ऋण लिन पाउने व्यवस्था खुलाइएको छ । सजिलैसँग पस्न र बस्न देऊ भन्ने नीतिमा लाग्नुपर्छ भन्ने नीति राष्ट्र बैंकको हो । सजिलैसँग पस्न दिने विदेशी ऋण विनियमावली बनाएर खुला गरी स्वीकृति लिन नआउनुपर्ने व्यवस्था छ । अहिले बैंकहरुमा तरलता चाप छ भनिरहनुभएको छ । बैंकहरुमा तरलताको चाप छैन । ऋण लगानीमा केही अपm्ठ्यारो मात्रै हो । बारम्बार तरलता चाप छ भनिरह्यौं भने विदशी मुलुकमा नराम्रो प्रभाव पर्न जान्छ । हेजिङको विषय उठेन भने पूर्वाधार विकासको लगानी अधुरो रहन्छ । अहिले नेपाल सरकारको बजेट र राष्ट्र बैंकको नीतिमा हेजिङ शब्द लेखिएको हुन्छ । तर डुएबल भएको छैन ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend