logo

२०८१ जेष्ठ ९ बुधबार

logo
  • बुधबार, ९ जेष्ठ २०८१
  • मुख्यमन्त्री भट्ट प्रतिनिधि सभा उम्मेदवार सिफारिस

    मुख्यमन्त्री भट्ट प्रतिनिधि सभा उम्मेदवार सिफारिस

    11.5K
    Shares
    मुख्यमन्त्री भट्ट प्रतिनिधि सभा उम्मेदवार सिफारिस

     

    डोटी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई डोटीबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार सिफारिस गरेको छ ।

    बिहीबार बसेको बैठकले प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ मुख्यमन्त्री भट्टलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको माओवादी जिल्ला संयोजक कमल गड्सिलाले जानकारी दिए । भट्ट माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् ।

    उनले प्रतिनिधि सभा समानुपातिकतर्फ चार जनाको नाम सिफारिस गरिएको समेत जानकारी दिए । सिफारिस हुनेमा जनजातिबाट डम्बर घर्तिमगर, दलितबाट जङ्ग विक र जगत सोव र महिलाबाट अन्जिता श्रेष्ठ छन् ।

    त्यस्तै, प्रदेश सभा कका लागि प्रत्यक्षतर्फ भरत बोहरा योगेन्द्र, रमेश नागरी र बलबहादुर ओली सिफारिस भएका छन् । प्रदेश सभा खका लागि शिव सिंह ओली, मीनबहादुर घर्ती विश्व र प्रेम कुँवर प्रख्यात सिफारिस भएका छन् ।

    प्रदेश सभा समानुपातिकतर्फ गीता सोव नेपाली, पूर्णराज जोशी, कृष्ण विक, सिद्ध राज विक विश्वप्रकाश, प्रेमा ओली, नन्दलाल विक, दिलीप कठायत, लक्ष्मणलाल योगी, चन्द्रा भूल, कर्ण नेपाली, शान्ति चुनारा र शारदा बिक सिफारिस भएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend