logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • थप ५२ जनामा कोरोना सङ्क्रमण, २ जनाको मृत्यु

    थप ५२ जनामा कोरोना सङ्क्रमण, २ जनाको मृत्यु

    13.4K
    Shares
    थप ५२ जनामा कोरोना सङ्क्रमण, २ जनाको मृत्यु

     

    काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार १२ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा एक सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी तीन हजार दुई सय ९४ जनाको नमुना परीक्षण गर्दा एक सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा एक सय ३३ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा दुई हजार चार सय ४८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

    पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाउनेको विवरण भने प्राप्त नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend