शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

भारतमा एक दिनमा ६ हजार भन्दा बढी कोरोना सङ्क्रमित, ३१ जनाको मृत्यु

भारतमा एक दिनमा ६ हजार भन्दा बढी कोरोना सङ्क्रमित, ३१ जनाको मृत्यु

 

नयाँ दिल्ली । भारतमा एकै दिनमा छ हजारभन्दा बढी कोरोनाबाट सङ्क्रमित भएका छन् ।बिहीबार मध्यरातसम्मको विवरणअनुसार छ हजार ९३ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । योसँगै भारतमा चार करोड ४४ लाख ८४ हजार सात सय २९ जना कोरोनाबाट सङ्क्रमित भएका छन् ।

हाल भारतमा ४९ हजार छ सय ३६ जना सक्रिय सङ्क्रमित छन् । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढेको छ । बुधबार छ हजार सात सय ६८ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या चार करोड ३९ लाख छ हजार नौ सय ७२ पुगेको छ ।

बिहीबार कोरोना सङ्क्रमणबाट ३१ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा पाँच लाख २८ हजार एक सय २१ जनाले यो महारोगबाट ज्यान गुमाइसकेका छन् ।

भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोनाविरुद्ध खोप अभियान शुरु भएको थियो । त्यसयता दुई अर्ब १४ करोड ५५ लाख भन्दा बढी मात्रा खोप लगाइसकिएको छ । त्यसैगरी ८८ करोड ८० लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend