logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • म पैसा कमाउन, नाम कमाउन राजनीतिमा लागेको होईन, सेवाका लागि राजनीति गरेको हुँः प्रकाशमान सिंह

    म पैसा कमाउन, नाम कमाउन राजनीतिमा लागेको होईन, सेवाका लागि राजनीति गरेको हुँः प्रकाशमान सिंह

    19.8K
    Shares
    म पैसा कमाउन, नाम कमाउन राजनीतिमा लागेको होईन, सेवाका लागि राजनीति गरेको हुँः प्रकाशमान सिंह

     

    काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय र प्रदेश सरकारलाई आफ्ना अधिकार नदिँदा संघीयतामाथि प्रश्न उठेको बताए । उनले जनताको बहुमत पाउँदा समेत कम्युनिष्ट पार्टीहरुले संघीयताका कानून नबनाइदिँदा संघीयतामाथि प्रश्न उठेको आरोप लगाए । शनिवार बानेश्वरमा कुमाले धारा मर्मतसम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् ।

    नेता सिंहले ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याउने काम काँग्रेसले गठबन्धन बनाएर गरिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा जितेर काँग्रेसले देश विकास गर्ने बताए ।

    उनले भने, ‘स्थानीय सरकारलाई दिनुपर्ने, प्रादेशिक सरकारलाई दिनुपर्ने अधिकारहरु कानूनहरु नबनाइदिएको कारणले प्रश्न चिन्ह खडा भएको छ ? संघीयता नेपालको लागि फलिफाप हो र भन्छ । कारण बहुमत दिँदा पनि कम्युनिष्टहरुले काम गर्न नसक्दा यस्तो अवस्था आएको हो । कानूनहरु नबनाइदिँदा यो अवस्था आयो । ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याएका छौँ अहिले गठबन्धन बनाएर । हामी देशको विकास गर्न अब तयार छौँ ।’

    नेता सिंहले अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने प्रणाली भइरहेको भन्दै शिक्षाको नीति र प्रणालीमा परिवर्तन गर्न जरुरी रहेको बताए । शिक्षा दिनेसँगै सीप दिनेकामको विकास गर्न आवश्यक रहेको उनको भनाइ छ । नेता सिंहले हरेक वडा कार्यालयमा बोर्डमात्रै नभइ व्यवस्थित स्वास्थ्य संस्थाको विकास गर्नुपर्ने, देशभरका वडा कार्यालयका क्लिनिकहरुमा प्राथमिक उपचार गर्ने काम हुनुपर्ने र रोजगारीको अवसर सिर्जना गर्न आवश्यक रहेको बताए ।

    उनले भने, ‘अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने प्रणाली भइरहेको छ । शिक्षाको नीति र प्रणालीमा परिवर्तन गर्न जरुरी रहेको छ । शिक्षा दिनेसँगै सीप दिनेकाम विकास गर्न आवश्यक छ । हरेक वडा कार्यालयमा बोर्डमात्रै नभइ व्यवस्थित स्वास्थ्य संस्था राख्नुपर्ने हुन्छ । देशभरका वडा कार्यालयका क्लिनिकहरुमा प्राथमिक उपचार गर्ने काम गर्नुपर्छ । रोजगारीको अवसर सिर्जना गर्न आवश्यक छ ।’

    नेता सिंहले आफू पैसा कमाउन, नाम कमाउन राजनीतिमा लागेको नभइ सेवाका लागि राजनीति गरेको बताए । भारी मतले विजय गराए देश हाँक्ने क्षमता आफूमा रहेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend