logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • थप १६३ जनामा कोरोना संक्रमण, १३० जना निको

    थप १६३ जनामा कोरोना संक्रमण, १३० जना निको

    13K
    Shares
    थप १६३ जनामा कोरोना संक्रमण, १३० जना निको

     

    काठमाडौं । नेपालमा थप १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ७४६ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा १६३ जनाको नतिजा पोजिटिभ आएको हो । एक हजार ७१८ नमुनाको पीसीआर परीक्षण गर्दा ११२ र दुई हजार २८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५१ जनामा संक्रमण देखिएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १२ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर १३० जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८४ हजार २१२ पुगेको छ ।

    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार ४३० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend