आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

युवाहरु उद्यमशिल हुन चाहेमा मात्र देशलाई आत्मनिर्भर अर्थतन्त्रको बाटोमा हिँडाउन सकिन्छः अध्यक्ष दाहाल

युवाहरु उद्यमशिल हुन चाहेमा मात्र देशलाई आत्मनिर्भर अर्थतन्त्रको बाटोमा हिँडाउन सकिन्छः अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले युवाहरु उद्यमशिल हुन चाहेमा देशलाई आत्मनिर्भर अर्थतन्त्रको बाटोमा हिँडाउन सकिने बताएका छन् । आईतवार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले युवाहरु उद्यमशिल हुन चाहेमा देशलाई आत्मनिर्भर अर्थतन्त्रको बाटोमा हिँडाउन सकिने बताए । अध्यक्ष दाहालले धन, सम्पती कमाउनु र देशलाई सभ्य बनाउनु फरक कुरा रहेको भन्दै समाजलाई सभ्य बनाउने गरी संसारमा नेपालीहरुको आत्मसम्मान हुनेगरी सम्पती आर्जन गर्न युवाहरुलाई आग्रह गरे । उनले लक्ष्यप्राप्तिका लागि दृढ हुनुपर्नेमा जोड दिनुभयो ।अध्यक्ष दाहालले आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिको लागि व्यतित गर्ने बताए ।

उनले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै भएको बताएका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend