बेइजिङ, रासस । पपुवा न्युगिनीमा आइतबार बिहान ७ः४६ बजे ७।६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र (सिईएनसि) ले जनाएको छ ।
यस केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वी देशान्तरमा ७० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ ।
यस समाचारको हालसम्म विस्तृत विवरण र भूकम्पबाट भएको धनजन क्षतिको हालसम्म कुनै समाचार नआएको जनाएको छ ।