logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • दोस्रो रूप कार्की स्मृति राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगीता हुँदै

    दोस्रो रूप कार्की स्मृति राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगीता हुँदै

    6K
    Shares
    दोस्रो रूप कार्की  स्मृति राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगीता हुँदै

    काठमाडौँ – नेपाल पावर लिफ्टिङ संघले आगामी भाद्र ३१ देखि असोज १ गते सम्म स्वगीय रुप कार्कीको स्मृतिमा राष्ट्रव्यापी पावर लिफ्टिङ खेल आयोजना गर्ने भएको छ।

    ‘स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद ‘ भन्ने राष्ट्रिय खेलकुद परिषद्को मूल नारालाई आत्मसाथ गर्दै नेपाल पावर लिफ्टिङ संघले पुरुष तर्फ २१ बर्ष मुनिका जुनियर र ४५ बर्ष माथिका सिनियर त्यसै गरी महिला तर्फ ५५ केजी मुनिका ५५ दशमलव १ देखि ६३ के जी सम्म र ६३ के जी भन्दा माथिका का लागी खेल आयोजना गर्न लागेको हो।

    सोमबार पत्रकार सम्मेलन आयोजना गरी नेपाल पावर लिफ्टिङ संघ अध्यक्ष सुन्दर भुसालले नेपाली पावर लिफ्टिङ खेलाडीहरु नेपालमा मात्र नभई विश्वब्यापी रुपमा रहेको जानकारी दिनु भयो। उहाँले भन्नु भयो अहिले यहाँ खेलेका खेलाडीलाई सातवटै प्रदेशमा खेल आयोजना गरी राष्ट्रिय खेलमा सहभागी बनाएर उत्कृष्ट पावर लिफ्टिङ खेलाडी अन्तरराष्ट्रिय रुपमा सहभागी गराउने प्रतिवद्धता व्यक्त गर्नु भयो।

    अध्यक्ष भुषालले नेपाल बाहिर रहेका धेरै नेपालीहरु पावर लिफ्टर भएको भन्दै यसपटक नेपालको प्रतिनिधित्व गर्दै विभिन्न अन्तरराष्ट्रिय खेलमा सहभागी हुनेभएका स्वर्गीय रुप कार्कीको सम्मानमा कार्यक्रम आयोजना गर्न लागीको जानकारी दिनुभयो।

    नेपालमा पछिल्लो समय पावर लिफ्टिङमा आकर्षण बढ्दै गएको भन्दै यस अघिको प्रतियोगीतामा १११ खेलाडीको सहभागिता जनाएकोमा यसपटक १५० भन्दा बढी खेलाडीको सहभािता हुने बिश्वास नेपाल पावर लिफ्टिङ संघ व्यक्त गरेको छ।

    पावर लिफ्टिङमा नेपालले अन्तराष्ट्रिय अवार्ड समेत जितेको छ गत डिसेम्बर ५ देखि ८ सम्म भारतको अमरावती भएको वर्ल्ड पावर लिफ्टिङ च्याम्पियनसीपमा पुरुष तथा महिला–२०२० प्रतियोगितामा नेपालले तीन स्वर्ण र एक रजत पदक जितेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend