शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

शान्तिको महत्त्व युद्धमा सहभागी व्यक्तिलाई जति अरुलाई थाहा हुँदैनः अध्यक्ष प्रचण्ड

शान्तिको महत्त्व युद्धमा सहभागी व्यक्तिलाई जति अरुलाई थाहा हुँदैनः अध्यक्ष प्रचण्ड

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिको महत्त्व युद्धमा सहभागी भएका व्यक्तिले जति अरुले नबुझ्ने बताएका छन्।मंगलबार काठमाडौंमा आयोजित सुदन किराँतीको ‘पलपलको मृत्यु’ पुस्तकको विमोचनमा बोल्दै अध्यक्ष प्रचण्डले यस्ताे बताएका हुन्।

अध्यक्ष प्रचण्डले भने, ‘शान्तिको महत्त्व युद्धमा सहभागी जत्ति गहिरोगरि थाहा हुन्छ अरुलाई हुँदैन। मानिस जातिको विकासक्रमको पछिल्लो चार हजार वर्षको इतिहासमा झण्डै साढे तीन हजार वर्ष युद्धमा बितेको छ।’

उनले जनयुद्धको स्मरण गर्दै कुनैपनि बेला मृत्युवरण हुनसक्ने भन्दै ती अप्ठ्यारा क्षण र भोगाइका साथ लागेको बताए। जनयुद्धमा मृत्यु या मुक्तिको संकल्पका साथ लागेको प्रचण्डले स्मरण गरे।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend