logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नाष्टले अनुसन्धानमा चासो दिएनः शिक्षामन्त्री पौडेल

    नाष्टले अनुसन्धानमा चासो दिएनः शिक्षामन्त्री पौडेल

    6.4K
    Shares
    नाष्टले अनुसन्धानमा चासो दिएनः शिक्षामन्त्री पौडेल

     

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले स्थापना गरेको नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट) ले अनुसन्धानको विषयमा चासो नदिएको गुनासो गरेका छन् । मंगलवार गैर आवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्र र महावीर पुनलाई १ करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कारले सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    मन्त्री पौडेलले नाष्टका बारेमा दिनहुँ छलफल भएपनि अनुसन्धनका बारेमा नाष्टमा रहेका व्यक्तिहरुलाई नै चासो नरहेको बताए । उनले नाष्टमा रहेका व्यक्तिहरु अनुसन्धानमा भन्दा बाहिरी कुरामा चासो देखाउने गरेको बताए। मन्त्री पौडेलले नाष्टका अनुसन्धान केन्द्रहरु विश्वविद्यालयसँगको सहकार्यमा अघि बढाउने पहलकदमी थालिएको बताए । उनले नेपालमा अनुसन्धानका कार्यक्रम अघि बढाउनसके नयाँ प्रतिभा भएका युवा पुस्तालाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    उनले भने, ‘सबै मिलेर देशको अवस्थालाई फेर्न आवश्यक छ । देशको अवस्था फेर्न नै नसकिने होइन । फर्ने सकिन्छ । फेर्ने संकल्प गरेको खण्डमा सम्भावना छ । आविष्कार केन्द्रको प्रशंग विज्ञान र प्रविधिसँग जोडिएको छ । नाष्ट भन्ने राज्यले स्थापना गरेको संस्था छ । दिनहुँ त्यसको छलफल हुने गर्छ । खासै गरी कसैलाई चासो छैन । अरु विषयमा चासो छ, अनुसन्धानको विषयमा चासो छैन । विज्ञान, प्रविधिको क्षेत्रमा कसैलाई चासो छैन । हामी कहाँ चासो कम हुने गर्दछ । हामी कहाँ विश्वविद्यालयहरु पनि छन् । नाष्ट भन्ने संस्था एकातिर आविष्कारको जिम्मेवारी बोकेर उभिएको छ भने विश्वविद्यालयहरु पनि रिसर्च सेन्टरको रुपमा छन् । विश्वविद्यालयका भिसीहरुसँग छलफल गरेर नाष्टका अनुसन्धान केन्द्रहरु विश्वविद्यालयसँग नै कोर्डिनेटर गरेर चलाउँ भनेर शुरुवात गर्ने निर्णय गरेका छौँ । दुई विश्वविद्यालयले अभ्यासको रुपमा आफ्नै प्राङ्गणभित्र शुरु पनि गरेका छन् । हामीले यो विषयलाई अघि बढाउनसके नयाँ प्रतिभा भएका युवा पुस्तालाई केही भुमिका निर्वाह गर्नेछ । कर्म गरेमात्रै देशको चित्रलाई फेर्न सकिन्छ । त्यसैले कर्मलाई सम्मान गरौँ ।’

    मन्त्री पौडेलले देश निर्माण गर्ने संकल्प हामी सबै नेपालीले गर्नुपर्ने बताए । उनले देश विकासका लागि धेरै लगानी गर्न आवश्यक नरहेको उल्लेख गर्दै विगतमा बनेका संरचनालाई पुनः स्थापना गर्नुपर्ने बताए । उनले जलविद्युत अब अन्य देशहरुले नकिन्न सक्ने आशंका व्यक्त गरे । उनले अन्य देश सम्पन्न भइसकेको र विविध प्रविधिको प्रयोगबाट उर्जा प्राप्त गर्ने भएकोले जलविद्युत नकिन्ने बताए ।

    उनले भने, ‘देश निर्माण गर्ने संकल्प हामी सबैले गरेमा, सकारात्मक चिजलाई स्थापित गरेमा यो देश अरुको आलोचना गरेर नभइ आफैँतिर छातिमा हात राखेर संकल्प गरियो भने सम्भव छ । धेरै लगानी गर्नु पर्दैन । बाटोघाटो लगभग सबै वडामा पुगे, कालोपत्रे भए पुग्छ । हिजो बनिसकेका विमानस्थललाई कालोपत्रे गरे पुग्छ । हिजो शुरुवात भएका उद्योगलाई पुनः स्थापना गरे पुग्छ । मार्केटिङ गर्नसके पर्यटन मात्रैले पनि पुग्छ । हाइड्रोको कुरा आयो, हामीभन्दा सम्पन्न भइसके नकिन्न पनि सक्छन् । किने त राम्रो हो । उनीहरुले किनेनन् भने प्रयोग गर्ने ठाउँ हुँदैन । तर पर्यटन र प्रकृति कसैले पनि किन्न सक्दैन ।’

    मन्त्री पौडेलले प्रकृतिलाई जोगाएर पर्यटन क्षेत्रको प्रचार गर्नसके मात्रैपनि नेपालको विकास हुने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend