काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरु समाजवादमा पुग्ने लक्ष्यमा रहेको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित सुदन किराँतीद्वारा लिखित पुस्तक ‘पल–पलको मृत्यु’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले समाज रुपान्तरण, सामाजिक न्याय र समाजवादको यात्रा नछोडेको बताए । उनले शान्ति सम्झौता र संघीय लोकतान्त्रिक गणतन्त्रसँग सम्बन्धित हजारौं संस्मरण यर्थाथबाट आधारित तथ्या रहेको र यो जुन स्तरबाट उत्खनन् र अन्वेषण हुनुपर्ने हो त्यो हुन नसकेको वा एकदमै कमै मात्र भएको धारणा राखे ।
उनले भने, “मानिस भएर जन्मेपछि जीवनलाई कसरी व्यतीत गर्ने भन्ने कुरा, आधुनिक नेपाल निर्माणमा जस्तो अरुमा छ जस्तो लाग्दैन। युद्धमा जति गहिराईसँग शान्तिको महत्त्व छ। शान्तिको महत्त्व युद्धबाट परिभाषित छ, त्यसले मात्रै राम्रोसँग बुझ्न सक्दछ, उहाँ आफैंले भोगेको घटनाक्रम हो।”