logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • यू–१७ साफ : उपाधिका लागि नेपाल र भारत भिड्दै

    यू–१७ साफ : उपाधिका लागि नेपाल र भारत भिड्दै

    4.1K
    Shares
    यू–१७ साफ : उपाधिका लागि नेपाल र भारत भिड्दै

    काठमाडौं । साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने नेपाल र भारतबीचको फाइनल खेल राति ८ः १५ बजे सुरु हुनेछ ।

    आजको खेलमा जित निकाल्दै नेपाल उपाधि रक्षा गर्ने योजनामा छ । समूह चरणमा अपराजित हुँदै नेपाल फाइनल पुगेको हो । नेपालले समूह चरणको अन्तिम खेलमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो । त्यसैले आज नेपाल आफ्नो लयलाई कायम राख्न चाहन्छ ।

    नेपालले सेमिफाइनल खेलमा श्रीलंकालाई ६–० गोल अन्तरले हराएको थियो । यता साविकको विजेता भारत पनि उपाधि उचाल्ने योजनामा छ । तुलनात्मक रुपमा भारत नेपालमाथि हावी हुँदै आएपनि यो सिजन भने नेपालको प्रदर्शन उत्कृष्ट छ ।

    नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आफूहरु उपाधिका लागि खेल्ने बताए । भारतविरुद्धको खेल सहज नहुने बताउँदै उनले आफूहरुले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने बताए । प्रतियोगितामा नेपाल अपराजित रहदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा एक हार व्यहोरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend