logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • महामारीको रुपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग

    महामारीको रुपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग

    4.1K
    Shares
    महामारीको रुपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग

    काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले महामारीको रुपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग गरेका छन । बुधबार बसेको राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदद्वय देवेन्द्र दाहाल र गोपाल भट्टराई तथा सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले डेंगु रोगको उपचारका लागि अतिआवश्यक रहेको सिटामोलको अभाव हुन नदिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

    प्रमुख प्रतिपक्ष दल एमाले सांसद दाहालले बजारमा सिटामोलको अभाव भएको उल्लेख गर्दै तत्काल त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरे । उनले मिटरब्याजीहरुबाट पीडितलाई राहत दिनुको साटो सरकारले सुरक्षाकर्मी लगाएर दमन गर्ने काम गरेको भन्दै आपत्ति समेत जनाए ।

    सांसद दाहालले भने, ‘मिटरब्याजीहरुले आम जनतालाई ठगी गरिरहेको कुरा र व्यापक रुपमा मिटरब्याज असुल गर्दै ठगि गरेको कुरा आएको छ । तर ती न्याय माग्न गएकाहरुलाई सरकारले उल्टै लाठी चार्ज गर्ने, उनीहरुको आवाज सुन्नुको साटो दमन गर्ने काम गरिरहेको छ । यस्तो काम अविलम्ब रोकियोस् । भनेर म माग गर्न चाहन्छु । यो विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु अध्यक्षज्यूमार्फत् । र, अहिले सिटामोलको अभावले देशमा त्यसको व्यवस्था अविलम्ब गरियोस् ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend