logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • चुनावमा टिकट व्यवस्थापन गर्न पार्टी भित्र गाह्रो भईरहेको छः अध्यक्ष नेपाल

    चुनावमा टिकट व्यवस्थापन गर्न पार्टी भित्र गाह्रो भईरहेको छः अध्यक्ष नेपाल

    14.8K
    Shares
    चुनावमा टिकट व्यवस्थापन गर्न पार्टी भित्र गाह्रो भईरहेको छः अध्यक्ष नेपाल

     

    काठमाडाै‌ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टी भित्र गाह्रो भईरहेको बताएका छन् । अध्यक्ष नेपालले नगरेपनि हुन्थ्यो नि भन्नेहरुले पनि निर्वाचनमा टिकट लिनका लागि चर्को दावी गरिरहेको उल्लेख गर्दै त्यसको व्यवस्थापन गर्न पार्टीलाई समस्या भईरहेको बताएका हुन् ।

    बुधबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा बोल्दै उनले उठेर दुई कदम पनि हिँडन नसक्ने बुढाहरुले समेत टिकटको आकांक्षा चर्को रुपमा राखेको बताए । अध्यक्ष नेपालले ती आकांक्षीहरुमा टिकट नपाउने हो भने बेहोस् हुने होकि भन्ने आफूलाई लागेको पनि बताए ।

    उनले भने, ‘अव मंसीर ४ गते चुनाव हुन गईरहेको छ । सबैलाई टिकट चाहिएको छ । अव टिकट नपाउने हो भने कता फेन्ट हुने हो थाहा छैन । भनेपछि चाहना हेर्ने होभने आकाशिएको छ । सबै एकदम काबिल भएर आएका छन । को काबिल, को काबिल छैन ? त्यो छुट्टयाउने आधार हामीले बनाउन सकिरहेका छैनौं । नगरेपनि हुन्थ्यो नि दावा भन्ने पनि चर्को दावी गरिरहेका छन । उठेर दुई कदम हिँड्न सक्दैन बिचरा बुढो भईसक्यो । तैपनि मर्ने बेलामा एकचोटी त पाउँ, अरु केही भएन भने नाम भएपनि त्यहाँ टाँसिन पाउँ । के होला, कस्तो गाह्रो ?’

    अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरुलाई कुनै व्यवसाय वा रोजगारीमा जोडिन पनि पटकपटक सचेत गराए । त्यसका लागि सहकारीको अवधारणा सबैभन्दा उपयुक्त रहेको उनको भनाई थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend