logo

२०८१ जेष्ठ १९ शनिबार

logo
  • शनिबार, १९ जेष्ठ २०८१
  • भ्रष्टाचार गरेको अभियोगमा खुलालविरुद्ध मुद्दा दर्ता

    भ्रष्टाचार गरेको अभियोगमा खुलालविरुद्ध मुद्दा दर्ता

    13.5K
    Shares
    भ्रष्टाचार गरेको अभियोगमा खुलालविरुद्ध मुद्दा दर्ता

    काठमाडौं ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालले घुससहित पक्राउ परेका सिनियर प्लम्बर गणेशबहादुर खुलालविरुद्ध आज विशेष अदालतमा मद्दा दर्ता गरेको छ ।

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महाङ्कालचौर शाखामा कार्यरत खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले गत साउन ३१ गते रु पाँच हजारसहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा खुलालले खानेपानीको धारा जडान गरेबापत सेवाग्राहीसँग घुस माग गरेको पुष्टि हुन आएको भन्दै आज मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

    आयोगले खुलालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) मा उल्लेख भए अनुसारको कसुर भएकाले बिगो रु पाँच हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार अधिकतम सजायको मागदाबी गरेको छ । -रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend