logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नबिल बैंकद्वारा ‘नबिल जेन अल्फा’ स्कीम सार्वजनिक

    नबिल बैंकद्वारा ‘नबिल जेन अल्फा’ स्कीम सार्वजनिक

    12.9K
    Shares
    नबिल बैंकद्वारा ‘नबिल जेन अल्फा’ स्कीम सार्वजनिक

    काठमाडौं । नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा’ स्कीम सार्वजनिक गरेको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘नबिल जेन अल्फा’ स्कीम सार्वजनिक गरेको हो । ‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरी ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित स्किम भएको बैंकले जानकारी दिएको छ ।

    नबिल जेन अल्फा’ एपमार्फत अभिभावकहरूले आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्नेछन् । पत्रकार सम्मेलनमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले नबिल जेन प्रोडक्टले तरलता अभावको बेला घरघरमा रहेको रकम बैंकिङ प्रणालीमा भित्र्याउन सहयोग पुग्ने बताए । उनले नेपालमै पहिलोपटक बालबालिकालाई लक्षित गरेर डिजिटल खुत्रुकेको रुपमा नबिल जेन शुरु गरेको बताए । सिइओ ढुंगानाले बालबालिका सामाजिक सञ्जालमा मात्रै झुम्मिने अवस्था अन्त्य गर्न यो प्रोडक्टले सहयोग पुग्ने तथा बालबालिकालाई वचत गर्ने बानी बसाउने दाबी गरे ।

    त्यस्तै, बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बालबालिकाहरुलाई पनि वचतसँग जोड्नको लागि सहज बनाउन एप सार्वजनिक गरिएको बताए । उनले देशको विकास गर्नको लागि अहिलेदेखि बालबालिकाहरुलाई समेत जिम्मेवार बनाउनुपर्ने बताए । अध्यक्ष पौडेलले अहिलेदेखि नै बालबालिकाहरुलाई वचत गर्ने बानी राख्ने प्रयास बैंकले गरेको बताए ।

    बालबालिकाहरुले दिइएको कार्य सम्पादनपछि अंक कमाउन सक्छन् र त्यही अंक लिंक गरिएको खातामा पैसाका रुपमा वचत हुने प्रावधान रहेको छ । यो स्कीममार्फत बालबालिकाहरुलाई जीवन सीप र वचतको महत्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ । नबिल जेन अल्फा वचत खाताबाट बालबालिकाहरुलाई आफ्नो पढाईका साथसाथै दैनिक जीवनमा अति आवश्यक पर्ने कामकाज, पारिवारिक संस्कार तथा आफ्नो जिम्मेवारी बोधका साथै त्यसतर्फ उत्प्रेरित गराउन सहयोग पु¥याउने बैंकले विश्वास लिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend