logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • आर्थिक रुपान्तरणको लागि सहकारी आवश्यकता छः अध्यक्ष नेपाल

    आर्थिक रुपान्तरणको लागि सहकारी आवश्यकता छः अध्यक्ष नेपाल

    10.3K
    Shares
    आर्थिक रुपान्तरणको लागि सहकारी आवश्यकता छः अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक रुपान्तरणका लागि सहकारीको आवश्यकता रहने बताएका छन् । समाजवादी सहकारी नेपालको घोषणा कार्यक्रममा आज अध्यक्ष नेपालले गाउँगाउँमा रहेको साना पुँजीलाई एकीकृत र परिचालन गरी आर्थिक रुपान्तरणका लागि सहकारीको ठूलो योगदान रहने बताए ।

    अध्यक्ष नेपालले भने, “पछिल्लो समय सहकारीको नाममा ठगी गर्ने गिरोह बढिरहेकाले त्यसलाई अनुगमन गरी कारबाहीको प्रक्रियामा ल्याउनुपर्छ ।” हाल देशमा करिब ३५ हजार सहकारी रहेको जानकारी दिँदै उनले भने, “जसमा ८७ लाखभन्दा बढी मानिस कुनै न कुनै रुपबाट जोडिएका छन् ।” पछिल्लो समय सहकारी क्षेत्रमा देखा परेका विकृतिको पहिचान गरी सकारात्मक तरिकाबाट अघि बढ्नु अहिलेको चुनौती रहेकोमा उनको जोड थियो ।

    सहकारीले जनतालाई सङ्गठित गर्न सफल भएजस्तै त्यसको प्रभावकारी अनुगमन गर्न पनि त्यत्तिकै आवश्यकता रहेको बताए । संस्थाका अक्ष्यक्ष नवराज अर्यालले समाज रुपान्तरणको बलियो आधार सहकारी रहेको बताए । संस्थामा आजनै ७७ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend