logo

२०८१ जेष्ठ ९ बुधबार

logo
  • बुधबार, ९ जेष्ठ २०८१
  • देशभर हालसम्ममा १२ हजार २१७ जनामा डेंगु संक्रमण

    देशभर हालसम्ममा १२ हजार २१७ जनामा डेंगु संक्रमण

    12.9K
    Shares
    देशभर हालसम्ममा १२ हजार २१७ जनामा डेंगु संक्रमण

     

    काठमाडौं । नेपालमा डेंगुका बिरामी १२ हजार २१७ पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्ममा देशभर १२ हजार २१७ जनामा डेंगु संक्रमण पुष्टि भएको हो।

    सबैभन्दा धेरै बागमती प्रदेशमा ९ हजार ३०४ जनामा डेंगु संक्रमण भएको छ। यस्तै, लुम्बिनीमा १ हजार ४ सय ४७, प्रदेश १ मा ४०२, सुदूरपश्चिममा ३ सय ८०, गण्डकीमा २ सय ४५, मधेश प्रदेशमा २२३ र कर्णाली प्रदेशमा १८४ जनामा डेंगु संक्रमण देखिएको छ।

    हाल दश जिल्लाहरुमा डेंगु संक्रमण बढी देखिएको छ। ती जिल्लाहरुमा ललितपुर, काठमाडौ, मकवानपुर, दाङ, भक्तपुर,रुपन्देही, चितवन, धादिङ, काभ्रे र तेह्रथुम रहेका छन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend