logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • संसदबाट बिपीलाई सम्झदै डिला संग्रौलाले भनिन्-पाँच वर्षमा भएका कामको इतिहासले मूल्यांकन गर्नेछ

    संसदबाट बिपीलाई सम्झदै डिला संग्रौलाले भनिन्-पाँच वर्षमा भएका कामको इतिहासले मूल्यांकन गर्नेछ

    14.7K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले विगत पाँच वर्षमा सांसदहरुले सदनमार्फत उजागर गरेका कामको इतिहासले मूल्यांकन गर्ने बताएकी छन्।

    प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दै उनले सदन मार्फत उजागर गरेका कामको इतिहासले मूल्यांकन गर्ने बताएकी हुन्। ‘गएको पाँच वर्षमा जनताको घाँटीसम्म आएर अड्किएको कुरालाई हामीले कुन हदसम्म यो सदनमार्फत् उजागर गर्न सक्यौं, इतिहासले त्यसको अवश्य मूल्यांकन गर्ने नै छ,’ संग्रौलाले भनिन्।

    सदन सम्बोधनका क्रममा उनले कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला र पत्रकारबीच भएको कुराकानी पनि स्मरण गरिन्। ‘म यस बेला हाम्रा प्रिय नेता जननायक बीपी कोइरालालाई सम्झन चाहन्छु। एक जना पत्रकारले एक पटक उहाँलाई सोधे, तपाईं आफुलाई नेपाली जनताले कसरी सम्झुन् भन्ने चाहानु हुन्छ ?,’ संग्रौलाले भनिन्, ‘बीपीले भन्नुभयो– मैले जनताको घाँटीमा अड्केर बसेको कुरालाई सार्वजनिक गर्ने प्रयास गरें, त्यसै रुपमा मलाई सम्झनु भए हुन्छ।’

    प्रतिनिधिसभालाई समय अगावै भंग गर्ने प्रयासहरु गरिए पनि संवैधानिक ‘चेक एन्ड ब्यालेन्स’को पद्धतिका कारण प्रतिनिधिसभाले आफ्नो कार्यकाल पूरा गर्न पाएको उनको भनाइ थियो ।

    ‘मैले कैयौं कुरा सिक्ने मौका पाएँ, जनताका दैनिक सवालहरु उठाउने मौका पाएँ, जुनसुकै दल र विचारधाराका भए पनि धेरै मित्रहरु बनाएँ,’ उनले भनिन्, ‘अलि दुःख पनि लाग्छ, सम्झेर ल्याउँदा दुई, दुई पटक जनताको प्रतिनिधि थलो प्रतिनिधिसभालाई समय अगावै भंग गर्ने प्रयासहरु पनि गरियो, तर संवैधानिक चेक एन्ड ब्यालेन्सको पद्धतिले गर्दा प्रतिनिधिसभाले आफ्नो कार्यकाल पूरा गर्न पाएको छ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend