logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रधानमन्त्री देउवाले गरे नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

    प्रधानमन्त्री देउवाले गरे नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

    10K
    Shares
    प्रधानमन्त्री देउवाले गरे नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

     

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवाले नवौँ राष्ट्रिय खेलकुदका लागि तयार गरिएको ट्रफी सार्वजनिक गरेका छन् । ट्रफी सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री देउवाले खेलकुदले नयाँ गति लिन लागेको र यसका लागि सरकारको सहयोग रहने बताए ।

    पाँच केजी चाँदीको ट्रफीमा मेन ट्रफी भन्ने शब्द दुई तोला सुनले कुँदिएको स्वर्ण शब्दसहित काठको बेसमा बनाएको छ । ट्रफी १० लाख मूल्य बराबर छ । राष्ट्रिय खेलकुदको नवौँ संस्करणमा पहिलो पटक तयार गरिएको च्याम्पियन टोलीलाई प्रदान गर्न लागिएको ट्रफीको परिकल्पनाकार नेपाल ओलम्पिक कमिटीका महासचिव, नेपाल ट्राईयाथलनका अध्यक्ष एवं एथलेटिक्स खेलाडी निलेन्द्र राज श्रेष्ठ रहेका छन् ।

    ट्रफीका शिल्पकार श्याम तुलाधर रहेका छन् भने ट्रफी निर्माण गर्न पाँच जना कालीगढले दिनको १८ घण्टाका दरले २५ दिन खर्चेका छन् । ट्रफी राष्ट्रिय खेलकुदमा टिम च्याम्पियन बन्न सफल टिमलाई प्रदान गरिने छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend