logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • नवौँ राष्ट्रिय खेलकुदमा पदक जित्नेलाई सम्मान गर्छौँ : मुख्यमन्त्री भट्ट

    नवौँ राष्ट्रिय खेलकुदमा पदक जित्नेलाई सम्मान गर्छौँ : मुख्यमन्त्री भट्ट

    10.2K
    Shares
    नवौँ राष्ट्रिय खेलकुदमा पदक जित्नेलाई सम्मान गर्छौँ : मुख्यमन्त्री भट्ट

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने बताएका छन् ।

    नवौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा आज यहाँ आयोजित प्रदेशस्तरीय छनौट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले नवौँ राष्ट्रियमा अब्बल हुने खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने बताए । राष्ट्रलाई चिनाउन खेलाडीको अहम् भूमिका हुने उनको भनाइ थियो ।

    सबै जिल्लामा खेलकुदका संरचना निर्माणका साथै खेलाडीको क्षमता वृद्धिका लागि कार्यक्रम अगाडि बढाएको मुख्यमन्त्री भट्टले बताए । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपक सिंहले राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाइने ३६ खेलमध्ये ३३ खेलमा सुदूरपश्चिम प्रदेशको सहभागिता रहने जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend