मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

हामीले संसद बचाइदिएकाले ओलीले भाषण गर्न पाए, नत्र झापामा गएर बोल्नु पर्थ्योः झलनाथ खनाल

हामीले संसद बचाइदिएकाले ओलीले भाषण गर्न पाए, नत्र झापामा गएर बोल्नु पर्थ्योः झलनाथ खनाल

 

काठमाडौं । प्रतिनिधिसभा विघटनको पक्ष विपक्षमा अन्तिम दिन पनि नेताहरुबीच आरोप प्रत्यारोप चलेको छ। संसदमा सम्बोधन गर्दै केपी ओलीले तत्कालीन अवस्थामा आफूले गरेको विघटनको बचाउ गरेपछि विघटनको विपक्षमा रहेका नेताहरुले त्यसको प्रतिवाद गरे।

ओलीले आफूले संविधानअनुसार विघटन गरेको संसदलाई गैरसंवैधानिक रुपमा परमादेश गरेर ब्युँत्याइएको भन्दै बचाउ गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जसले जे बोले पनि हुने भन्दै’ जवाफ फर्काए।

त्यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि संसद बचाइदिएका कारण नै ओलीले भाषण गर्न भएको भन्दै व्यंग्य गरे।

उनले भने, ‘अघि विपक्षी दलका नेताले यहाँ भाषण गर्नुभयो। हामीले संसद बचाइदिएकाले नै उहाँले बोल्न पाउनुभयो। नत्र झापामा गएर बोल्नु पर्थ्यो, कसले सुन्थ्यो उहाँको कुरा ?’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend