logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गठबन्धनको राजनीतिप्रति कसैले पनि नकारात्मक हुनुपर्ने अवस्था छैनः झलनाथ खनाल

    गठबन्धनको राजनीतिप्रति कसैले पनि नकारात्मक हुनुपर्ने अवस्था छैनः झलनाथ खनाल

    14.4K
    Shares
    गठबन्धनको राजनीतिप्रति कसैले पनि नकारात्मक हुनुपर्ने अवस्था छैनः झलनाथ खनाल

     

    काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धनको राजनीतिप्रति कसैले पनि नकारात्मक हुनुपर्ने अवस्था नरहेको बताएका छन् । नेपालमा गठबन्धनको राजनीति सबैले गरिरहेकाले त्यसलाई नकारात्मक रुपमा लिन नमिल्ने सम्मानित नेता खनालको तर्क थियो ।

    शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालको हरेक राजनीतिक परिवर्तन गठबन्धनबाटै सम्भव भएको उल्लेख गर्दै अवपनि नेपालमा गठबन्धनको राजनीतिक लामै समय रहने जिकीर समेत गरे । अहिले पनि कोहीले गणतन्त्रवादीसँग र कोहीले राजतन्त्रवादीसँग गठबन्धन गरिरहेको भन्दै सम्मानित नेता खनालले नेपालमा यसले लामै समय लिने आफूलाई लागेको बताए । आगामी निर्वाचनमा पनि एकल बहुमत ल्याउन व्यवहारिक कठिनाई भएकाले दलहरु कुनै न कुनै रुपमा गठबन्धन गरिरहेको पनि उनले स्मरण गराए । खनालले २०७४ सालको निर्वाचनमा पनि दुई ठूला बामपन्थी दलहरुबीच गठबन्धन भएरै करिव दुई तिहाईको जनमत आएको बताए ।

    उनले भने, ‘गठबन्धनको प्रक्रिया भनेको त नेपालमा अव सुरु भयो हेर्नुस् । यो लामै समय जारी रहन सक्छ । म एकल बहुमत ल्याउछु । र, एकल सरकार बनाउँछु भन्ने कुरा अलि दुर्लभ छ नेपालको लागि । हामीले जुन खालको संविधान बनाएका छौं । हाम्रा आकांक्षा चाँही छन हेर्नुुस् । बहुमत हामी ल्याउँछौं भन्ने आकांक्षा चाँही छ । तर, त्यो आकांक्षाले मात्रै काम गर्दैन । व्यवहारिकतामा त्यो निकै कठिन छ । एउटा पार्टी मात्रै बहुमत ल्याउन्न । एउटा संयोग हो–हामीले हिजो दुईटा पार्टी मिलाएर लड्दाखेरी ल्याएको हो । त्यतिबेला पनि त गठबन्धन त हो नि चुनावमा ।

    नेपालमा ठूल्ठूला प्रगति गठबन्धनबाटै भएका छन । २००७ सालको पनि सबै पार्टी मिलेर भएको हो । २०४६ सालमा पनि सबै पार्टी मिलेरै हो । ०६२÷६३ मा पनि सबै पार्टी मिलेर परिवर्तन सम्भव भएको हो । अनि, संविधान बनाउँदा पनि सबै पार्टी मिलेर बनाइएको हो । र, यो २०७४ को चुनावमा पनि दुई तिहाई बहुमत आएको पनि गठबन्धनले नै हो । त्यसो हुनाले गठबन्धनसँग नकारात्मक हुनुपर्ने, यो गठबन्धन भनेर अर्कै ढंगले हेर्नुपर्ने कुनै जरुरी छैन । गठबन्धन त जो पनि गरिरहेका छन । कोही राप्रपासँग गठबन्धन गर्छन । कोही काँग्रेससँग गठबन्धन गर्छन । कोही गणतन्त्रवादीसँग गर्छन, कोही राजतन्त्रवादीसँग गर्छन । यी आ–आफ्ना आवश्यक्ता कुरा हुन हेर्नुस् । यसो हुनाले यस्ता कामहरु गर्न सबै स्वतन्त्र छन । स्वतन्त्रतापूर्वक हामी गरौं । तर, देशको अग्रगति र प्रगतिलाई केन्द्र विन्दुमा राखेर गरौं ।’

    सम्मानित नेता खनालले देशको अग्रगति र प्रगतिलाई केन्द्र भागमा राखेर गठबन्धन गरेर जान सबै राजनीतिक दलहरु स्वतन्त्र रहेको पनि पटकपटक दोहो¥याए । उनले केपी ओली नेतृत्वको सरकारले चीनसँग पारवहन सम्झौंता गरेर महत्वपूर्ण काम गरेको चर्चा समेत गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend