logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • स्वतन्त्र उम्मेदवारले जित हासिल गरे पनि काम गर्न सक्दैनन्ः अध्यक्ष तिमिल्सिना

    स्वतन्त्र उम्मेदवारले जित हासिल गरे पनि काम गर्न सक्दैनन्ः अध्यक्ष तिमिल्सिना

    9.3K
    Shares
    स्वतन्त्र उम्मेदवारले जित हासिल गरे पनि काम गर्न सक्दैनन्ः अध्यक्ष तिमिल्सिना

     

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारले जित हासिल गरे पनि काम गर्न नसक्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘अबको दृष्टि, स्वाभिमान सहितको समृद्धि’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले बहुदलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारले जितेर संसदमा केही काम गर्न नसक्ने बताएका हुन् ।

    उनले स्वतन्त्र उम्मेदवारले संसदमा बोलेर अलिकति चेतना जगाउन सकेपनि आमरुपमा कुनै परिवर्तन ल्याउन नसक्ने बताए । उनले आफु राष्ट्रिय सभा अध्यक्ष भएर पनि नियम, कानूनको सिमाका कारण आम रुपमा परिवर्तन ल्याउन नसकेको भन्दै स्वतन्त्र सांसदले झनै नसक्ने बताए । कार्यकारी अधिकार नभएको ठाउँमा गर्ने कामहरु कम हुने उनको भनाई छ । अध्यक्ष तिमिल्सिनाले पार्टीको विकल्प स्वतन्त्र उम्मेदवार नभएको भन्दै सबैलाई पार्टीमा आवद्ध हुन आग्रह गरे । उनले पार्टीलाई नै सही मार्गमा हिडाउन भुमिका खेल्न आग्रह गरे ।

    उनले भने– ‘बहुदलीय व्यवस्था हो । बहुदलीय व्यवस्थामा स्वतन्त्र आउनैपर्छ । कतिपय आउनुहुन्छ स्वभाविक हो । तर पार्टी, सरकार बनेर चलाउने त स्वतन्त्रले त सम्भव नै छैन । अनि स्वतन्त्रले सम्भव छैन भनेर पार्टी बनायो । पार्टी बनाएपछि टुटफुट । एकदम गर्छौ भनेर यहाँहरुलाई थाहा छ नि कतिपय यस्ता सेलिब्रेटी युवाहरु कोही सञ्चार क्षेत्रमा, कोही अरु क्षेत्रमा लाग्नुभयो । आएर पार्टी खोल्नुभयो । एक ठाउँमा बस्नै नसकेर अहिले कता जानुहुन्छ ? कोही कता, कोही कता ? सजिलो त छैन नि फेरी इमान्दारीपूर्वक राजनीति गर्ने हो भने त्यो गाह्रै कुरा हो । पार्टी चलाउने पनि सामान्य कुरा होइन, गाह्रो छ । गएको स्थानीय चुनावमा केही स्वतन्त्र उम्मेदवारले जित्नुभएको छ । स्थानीयमा त बहुमत अल्पमत निर्णय प्रक्रियामा चाहिन्छ तर त्यो चल्छ । तर प्रदेश सरकार बन्न त्यहाँ त सरकार बनाएर चेन्ज ल्याउने । एउटा सांसदले अलिकति चेतना जघाउन सक्छ ।

    तर उसले आम रुपमा चेन्ज ल्याउन सक्दैन । म राष्ट्रिय सभा अध्यक्षले सकेको छैन । सांसदले कहाँ सक्नुहुन्छ ? कार्यकारी अधिकार सहितको नभएको ठाउँहरुले गर्ने ठाउँ कम हुन्छ, काम गर्ने कुराहरु । एकजना सांसद स्वतन्त्र आउनुहुन्छ, बोल्नुहुन्छ । बोलेको बोलेकै गर्नुहुन्छ । तर अर्को पटकबाट निराश भएर सकिदो रहेनछ भनेर अरुलाई पनि निराश बनाउने हुन्छ । त्यसकारण आवद्ध हुनुस् पार्टीमा । पार्टीलाई नै परिवर्तन गराउने उनको सोचमा परिवर्तन गराउने । आ–आफ्नो जहाँ जहाँ पार्टीमा लाग्नुभएको छ, त्यो पार्टीलाई नै अब सहि मार्गमा हिड्ने नेताहरु ।’

    अघिल्लो पुस्ताका नेताहरुमा त्याग गर्ने क्षमता भएपनि निर्माण गर्ने कुरामा कमजोरी रहेको उनको भनाई छ । अब देशमा विद्रोहको आवश्यकता नरहेको भन्दै उनले बिद्रोह गर्नेलाई होइन सिर्जना गर्नेलाई भोट दिनुपर्ने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend