logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • जनताको जीविकोपार्जनलाई सहज गर्नका लागि आर्थिक क्रान्ति आवश्यक छः प्रकाशमान सिंह

    जनताको जीविकोपार्जनलाई सहज गर्नका लागि आर्थिक क्रान्ति आवश्यक छः प्रकाशमान सिंह

    3.5K
    Shares
    जनताको जीविकोपार्जनलाई सहज गर्नका लागि आर्थिक क्रान्ति आवश्यक छः प्रकाशमान सिंह

    काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताको जीविकोपार्जनलाई सहज गर्नका लागि आर्थिक क्रान्ति आवश्यक रहेको बताएका छन् । आईतवार नेपाली काँग्रेसका नेता गणेशमान सिंहको २५ औँ पुण्यतिथिको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले जनताको जीविकोपार्जनलाई सहज गराउन आर्थिक क्रान्ति आवश्यक रहेको बताएका हुन् ।

    उनले संविधान अनुरुप प्रदेश र स्थानीय तहको अधिकार सम्बन्धित तहलाई दिलाएर आवश्यक कानूनहरु समयमै बनाउनुपर्ने बताए । प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै आर्थिक क्रान्ति गर्नुपर्ने उनको भनाई छ । नेता सिंहले शिक्षालाई सीपसँग जोडेर आधारभुत शिक्षा सक्नासाथ सक्षम नागरिक बनाउनुपर्ने बताए । उनले सरकारले देशभरका वडाहरुमा क्लिनिक स्थापना गरी स्वास्थ्य जाँचको व्यवस्था गर्नुपर्ने बताए । त्यस्तै बेरोजगार युवाहरुलाई रोजगार दिनका लागि सबै निर्वाचन क्षेत्रमा तालिमकेन्द्र स्थापना गर्नुपर्नेमा उनले जोड दिए ।

    उनले भने– ‘प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राख्दै, संस्थागत गर्दै आम नेपाली जनताको जीविकोपार्जन सहज गर्नको लागि आर्थिक क्रान्ति आवश्यक छ । देशको अहिलेको आवश्यकता भनेको शिक्षामा पनि, शिक्षा पुरानो ढर्राले दिएर मात्रै पुग्दैन । शिक्षालाई सीपसँग जोडेर १२ कक्षा पास हुँदाखेरी नै सीप सिकेर आफ्नो आगामी भविष्य अगाडी बढाउनको लागि सक्षम नागरिकको रुपमा विकसित गर्न सक्नुपर्छ । स्वास्थ्य सुलभ, सहज तवरले प्राप्त हुनुप¥यो । त्यो गर्नका लागि स्थानीय तहहरुलाई मजबुत गरेर देशभरका वडाहरुमा वडा क्लिनिक स्थापना गरेर प्रारम्भिक जाँच गर्न ल्याब क्लिनिकमा हुनेगरी र रोग नलाग्ने वातावरण तयार गर्नको लागि सरकारले अगाडी बढाउँछ । बेरोजगारलाई रोजगारमा परिणत गर्नको लागि हरेक निर्वाचन क्षेत्रमा सरकारले तालिम केन्द्र स्थापना गर्नुप¥यो । सबैलाई चाहिने सीप सिकाउने तालिम केन्द्र खोल्नुप¥यो ।’

    उनले गणेशमान सिंहले प्रधानमन्त्रीको कुर्सी समेत त्यागेको उल्लेख गर्दै नेता गणेशमान सिंहबाट समाज परिवर्तनका लागि कतिसम्म त्याग गर्नुपर्छ भन्ने कुराको अनुकरण गर्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend