काठमाडौं । नेकपा एकीकृत समाजवादीले ४ मंसिरमा हुने चुनावको समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची भोली (सोमबार) टुंग्याउने भएको छ । उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार सोमबार बस्ने सचिवालय बैठकले बन्द सूची टुंगो लगाउनेछ ।
एकीकृत समाजवादीले वरिष्ठ, यसअघि समानुपातिक सांसद नभएका लगायतलाई समानुपातिक सूचीमा प्राथमिकता दिने छ।