logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • संविधान कार्यान्वयनका लागि कांग्रेसले नै म्यान्डेट पाउछः नेता सिंह

    संविधान कार्यान्वयनका लागि कांग्रेसले नै म्यान्डेट पाउछः नेता सिंह

    9.5K
    Shares
    संविधान कार्यान्वयनका लागि कांग्रेसले नै म्यान्डेट पाउछः नेता सिंह

     

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको संविधान कार्यान्वयनका लागि निर्वाचनबाटै कांग्रेसले नै म्यान्डेट पाउने बताएका छन् । लौहपुरूष गणेशमान सिंहको २५औँ स्मृति दिवसका अवसरमा गणेशमान सिह फाउन्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले मौका पाउँदा संसद् विघटन गर्नेलाई भन्दा जनताले कांग्रेसलाई नै म्यान्डेट दिने उल्लेख गरे ।

    संविधानको सफल कार्यान्वयनका लागि आगामी मङ्सिर ४ गतेको निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित निश्चित रहेको नेता सिंहको भनाइ थियो ।

    स्थानीय तहलाई बलियो बनाएर शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा जनतामा अनुभूत हुनेगरी काम गर्नुपर्नेमा जोड दिँदै उनले सत्तागठबन्धनमा अहिले सिट बाँडफाँडका बारेमा छलफल भइरहेकाले छिटै निकास निस्कने जिकिर गरे ।

    “गठबन्धनमा रहेका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट हुन्छ”, उनले भने, ‘सबैलाई चित्त बुझाएर अघि बढ्ने हो । गणेशमान सिंहले देखाएको बाटामो हिड्न सकेमात्र लोकतन्त्र बलियो हुन्छ नेपाली राजनीतिमा उनको ठूलो योगदान छ।”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend