logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • गठबन्धन सरकारले बाहिर निस्कन र भित्र पस्न समेत नदिएर अत्याचार गरेको भन्दै जबराकी छोरीले मागिन् नेपाली जनताको साथ

    गठबन्धन सरकारले बाहिर निस्कन र भित्र पस्न समेत नदिएर अत्याचार गरेको भन्दै जबराकी छोरीले मागिन् नेपाली जनताको साथ

    15.6K
    Shares
    गठबन्धन सरकारले बाहिर निस्कन र भित्र पस्न समेत नदिएर अत्याचार गरेको भन्दै जबराकी छोरीले मागिन् नेपाली जनताको साथ

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकी छोरी सुनिधीले गठबन्धन सरकारले बाहिर निस्कन र भित्र पस्न समेत नदिएर अत्याचार गरेको उल्लेख गर्दै नेपाली जनताको साथ चाहिएको बताएकी छन् ।

    आफ्नो परिवारको जीवन रक्षाका लागि पहल गरिदिन नेपाली जनतासँग आग्रह गरेकी छन् । जबराकी छोरी सुनिधिले आफूहरुको परिवारलाई सरकारले नजरबन्दमा राखेर अत्याचार गरेको भन्दै बाँच्न पाउने आफूहरुको अधिकार सुरक्षित गर्न पनि नेपाली जनताले साथ दिनुपर्ने बताइन् ।

    आईतबार अपरान्ह बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट गाडीमा बाहिर निस्कने क्रममा उनले आफूहरुलाई गठबन्धन सरकारले बाहिर निस्कन र भित्र पस्न समेत नदिएर अत्याचार गरेको उल्लेख गर्दै नेपाली जनताको साथ चाहिएको बताइन् । देशको माया हुने, अदालतको माया हुने जो कोहीले पनि आफूहरुलाई साथ दिएर सरकारको दमनबाट उन्मुक्ति दिलाई दिन पनि नेपाली जनताबाट ठूलो भरोसा लिएको बताइन् । उनले भावविह्वल हुँदै स्कुुलमा रहेको बच्चा ल्याउने नदिने, औंषधि ल्याउन पनि नदिने गरी प्रहरीहरु सरकारले परिचालन गरेको दुःखेसो गरिन् । हामीमाथि सरकारले आफ्नो पावर देखाएर किन यस्तो अराजकता फैल्याएको छ ? भन्ने कुरा आफूहरुले बुझ्न नसकेको उल्लेख गर्दै सुनिधिले त्यसबारे तथ्य बुझ्न पनि नेपाली जनतालाई आग्रह गरिन् ।

    उनले भनिन्, ‘हामीलाई बाहिर निस्कन पनि दिईराखेको छैन । बच्चाहरु स्कुलमा लिन जानुपर्छ । एउटा बच्चा लिई आईराखेको बेलामा उसलाई पनि समातेर लगेर थुनिदियो । हामीले पनि बाँच्न पाउनु प¥यो नि । एकदमै अराजकताको पनि पराकाष्ट छ । अव के कारणले यिनीहरुले गरिराख्या छ भन्ने कुरा हामीले पनि बुझिराख्या छैन । यिनीहरुलाई चाँही एक किसिमको लाज पनि हराएर, नैतिकता पनि हराएर हामीमाथि यस्तो अन्याय, अत्याचार भएको छ । अव यो सबै कुरा चाँही नेपाली जनताले बुझिदिनु प¥यो । हामी यही टेलिभिजनबाट, मिडियाबाट आह्वान गर्न चाहन्छौं–सबजनालाई एकदमै देशको माया छ, यो अदालतको माया छ भने सबजना उठेर आई दिनुप¥यो ।

    हामीहरुलाई यस्तो बेलामा नजरबन्दमै राखिएको छ । हामीबाट यहाँबाट बाहिर निस्कन र भित्र जाने हाम्रो कन्डिसन छैन । यो कुरा चाँही सबै जनाले बुझिदिनु प¥यो । म यही भन्न चाहन्छु । हामी १० बजे अदालत जाने भनेपछि पुलिसहरु एकदमै आक्रामक शैलीमा हाम्रो निवासको बाहिर जम्मा हुनु भएको छ । उहाँहरुले हामीलाई बाहिर निस्कन पनि दिईराख्नु भएको छैन । बच्चाहरुलाई लिन जानुपर्छ सञ्चो छैन । औषधिहरु लिन जानु प¥यो । काम गर्ने मानिस बाहिर हिँडीराखेको बेलामा उनीहरुलाई समातेर लगेर अराजकता मच्चायो भनेर थुनि राखेको छ । अराजकता कसले मच्चाई राखेको छ ? त्यो त स्वतन्त्र रुपमा देखिराख्या छ बाहिर । उहाँहरुले एकदमै सबै जनालाई आफ्नो सरकारको दमनमा पावर देखाएर हामीलाई यस्तो गरिराख्नु भएको छ । यो सबै कुरा नेपाली जनताले बुझ्न एकदमै जरुरी छ । अहिलेको सरकारले एकदमै हामीलाई अन्याय, अत्याचारै गरेको छ । यो गठबन्धनको सरकारले हामीमाथि अत्याचारै गरेको छ । हामीले त एउटा ठूलो अपराधीले कुनै मान्छेलाई नै मारेर लुकाएको जस्तो किसिमको व्यवहार प्रहरीले हामीमाथि गरेको छ । सरकार हाम्रो विरुद्धमा लागेको छ । हाम्रो त हातखुट्टानै बाँधी राखेको अवस्था छ । यस्तो बेलामा हामी के गर्न सक्छौं ? हामीले सहयोग माग्ने भनेको, आह्वान गर्ने भनेको नेपाली जनताहरुसँग हो ।

    हामीले बिम्ति गरेका छौं उहाँहरुसँग । उहाँहरुले के सही हो, के लगत हो ? छुट्टयाएर, बुझेर सबैजना जम्मा भएर आई दिनु प¥यो । अव घरमा बसेर सोसल मिडिया हेरेर म्यासेन्जरमा स्क्रूल गरेर, कमेन्ट गरेर मात्रै हुँदैन । यदि उहाँहरुलाई दशेको माया छ भने, अदालतको माया छ भने हामीलाई सहयोग गर्नु प¥यो ।’

    सुनिधिका अनुसार स्कुलको बच्चा लिन गएकी सहयोगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । यसैबीच, निलम्बित प्रधानन्यायाधीश जबरा अस्वस्थ हुनु भएको बुझिएको छ । छोरी सुनिधिका अनुसार उहाँलाई सञ्चो नभएको हो । प्रहरीले जबराको उपचारका लागि औंषधि ल्याउन समेत नदिएको बताइएको छ ।

    निलम्बित प्रधानन्यायाधीश जबराले आफूमाथि प्रतिनिधिसभामा लगाइएको महाअभियोग पुष्टि नभएको भन्दै आज (आईतबार) बिहान १० बजे सर्वोच्च अदालतमा काममा फर्कने तयारी गर्नु भएको थियो । तर सरकारले नजरबन्दमा राखेर जान नदिएको परिवारले बताएको छ ।

    यता, राष्ट्रिय मानव अधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश जबरा र उहाँको परिवारको अवस्थाबारे जानकारी लिन गएपनि त्यसबारे औंपचारिक कुनै जानकारी गराएको छैन ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend