logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सरकार नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध छः गृहमन्त्री खाण

    सरकार नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध छः गृहमन्त्री खाण

    11.9K
    Shares
    सरकार नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध छः गृहमन्त्री खाण

     

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले सरकार आमनागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम’मा उनले सरकारको प्रमुख लक्ष्य नागरिकको रक्षा भएको बताएका हुन् ।

    “मानिसको जीवन ज्यादै महत्वपूर्ण छ, नागरिकको रक्षाका लागि समाज र राज्यको निर्माण भएको हो, सरकार नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध छ”, उनले भने ।

    गृहमन्त्री खाणले कोही व्यक्तिले आत्महत्याको बाटो रोज्न नहुने बताउँदै भने , “हरेक व्यक्तिले आफ्नो जीवन, परिवार, इष्टमित्र, छरछिमेकको जीवन रक्षाका लागि लागौँ, कसैले पनि आत्महत्याको बाटो नरोज्नुहोस्, ।” उनले सीमित स्रोतसाधनका बीच नेपाल प्रहरीले जनधनको रक्षा र शान्ति क्षेत्रका लागि गरेको कामको सराहना गरे ।

    मन्त्री खाणले देशको विकासका लागि केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वयको खाँचो रहेको बताए । महान्यायाधिवक्ता खम्बबहादुर खातीले आत्महत्यासम्बन्धी समस्या पहिचान गरेर त्यसको निराकरणका लागि लाग्नुपर्ने बताए । उनले विश्वका १९६ मुलुकमध्ये आत्महत्या गर्ने देशमध्ये नेपाल १२६औँ स्थानमा रहेको बताए । महान्यायाधीवक्ताको कार्यालयले आत्महत्या रोकथामका लागि पञ्चवर्षीय योजना बनाएर अगाडि बढेको उनको भनाइ थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend