logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • संविधानको रक्षाका लागि गठबन्धनको जीत अपरिहार्य : प्रचण्ड

    संविधानको रक्षाका लागि गठबन्धनको जीत अपरिहार्य : प्रचण्ड

    12.8K
    Shares
    संविधानको रक्षाका लागि गठबन्धनको जीत अपरिहार्य : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा  निर्वाचनमा गठबन्धनलाई भोट दिन आग्रह गरेका छन् ।

    ‘संविधान एवं सिंगो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको छ,’ आठौं संविधान दिवसका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले भनेका छन् । त्यसका लागि प्रतिगमन विरोधी अग्रगामी नेपालीलाई गठबन्धनमा रहेका दललाई विजयी गराई संविधान रक्षा एवं सफल कार्यान्वयनका लागि उनले अपिल गरेका छन् ।

    सिंहदरबारमा रहेको एकात्मक राज्य व्यवस्थाको केन्द्रीकृत शासन प्रणालीलाई नागरिकको घरदैलोमा पुर्याउने श्रेय पनि वर्तमान संविधानलाई जाने उनको भनाइ छ । ‘यसले नागरिकलाई ‘गाउगाउँमा सिंहदरबार’को अनुभूति गराएको छ,’प्रचण्डले भनेका छन् ।

    ‘लामो संघर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपमा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको हो । संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको छैन, समानुपातिक, समावेशी, मौलिक हक, पहिचान  र अधिकार लगायतका विषयमा अग्रगामी पनि छ,’ उनले भनेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend