काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची दिउँसो तीन बजे निर्वाचन आयोगमा बुझाउने भएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दिउँसो ३ बजेसम्म उम्मेदवारको बन्दसूची तयार पारेर निर्वाचन आयोगमा बुझाइने बताए ।
कांग्रेसले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको सूची बनाइरहेको छ । प्रदेशगत रुपमा बालुवाटारभित्र सातवटा ठाउँमा उम्मेदवारको सूची बनाउने काम भइरहेको उनको भनाइ छ ।