logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • एकीकृत समाजवादीले पनि समानुपातिकतर्फको बन्दसूचि निर्वाचन आयोगमा बुझायो

    एकीकृत समाजवादीले पनि समानुपातिकतर्फको बन्दसूचि निर्वाचन आयोगमा बुझायो

    11.2K
    Shares
    एकीकृत समाजवादीले पनि समानुपातिकतर्फको बन्दसूचि निर्वाचन आयोगमा बुझायो

     

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पनि आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारहरुको बन्दसूचि निर्वाचन आयोगमा बुझाएको छ ।

    सोमबार अपरान्ह निर्वाचन आयोगमा पुगेर समानुपातिक तर्फको उम्मेदवारहरुको नामावली बुझाइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । उनले संविधान र कानुनको परिधिभित्र रहेर आफ्नो पार्टीले प्रदेशसभाका २२० सिट र प्रतिनिधिसभाको ११० सिटका लागि उम्मेदवारहरुको सूचि निर्वाचन आयोगमा बुझाइएको बताए । उपमहासचिव तुलाधरले भने, ‘संविधान र कानुनको परिभाषा भित्र रहेर समानुपातिकतर्फको उम्मेदवारी दिएका छौं ।’

    यसैबीच, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पनि प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिकतर्फको उम्मेदवारको सूचि निर्वाचन आयोगमा बुझाएको छ । तर प्रदेशसभाको सबै सिटमा भने उम्मेदवार नदिइएको नेता केशव झाले बताए । उनका अनुसार प्रतिनिधिसभाको भने सबै सिटमा जसपाले उम्मेदवारी दिएको छ । ‘पार्टी केन्द्रिय समितिको निर्णय अनुसार समानुपातिक तर्फको उम्मेदवारहरुको बन्दसूचि निर्वाचन आयोगमा बुझाएका छौं । प्रदेशसभाको भने सबै सिटमा उम्मेदवारी दिएका छैनौं ।’

    निर्वाचन आयोगले भने दलहरुलाई नामावली सच्याउनका लागि असोज १६ गतेसम्मको समय दिइएको र २२ गते त्यसको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका तय गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend