logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • अब विद्युतीय चार्जिङ स्टेसन देशभर बनाउने लहर चालाउनुपर्ने आवश्यकता छः कुलमान घिसिङ

    अब विद्युतीय चार्जिङ स्टेसन देशभर बनाउने लहर चालाउनुपर्ने आवश्यकता छः कुलमान घिसिङ

    11.9K
    Shares
    अब विद्युतीय चार्जिङ स्टेसन देशभर बनाउने लहर चालाउनुपर्ने आवश्यकता छः कुलमान घिसिङ

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब विद्युतीय चार्जिङ स्टेसन देशभर बनाउने लहर चालाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । मंगलवार सुन्दर यातायात प्रा.लि.ले आयोजना गरेको विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।

    घिसिङले चार्जिङ स्टेसन बनाउनको लागि प्राधिकरणले निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेको बताए । उनले निजी क्षेत्रले चाजिङ स्टेशन बनाउने स्थानसम्म प्राधिकरणले आफ्नै लागतमा विद्युत र ट्रान्सफर राखिदिने बताए ।

    प्रमुख कार्यकारी निर्देशक घिसिङले नेपालमा खाना पकाउनदेखि सवारी साधन समेत विद्युतीय प्रयोग गर्दा कुल आयातमा २० गुणा कम हुने दाबी गरे । उनले हरेक काममा विद्युत प्रयोग गर्दा नेपालमा नै २५ देखि ३० अर्बको विद्युत खपत हुने बताए । घिसिङले नेपालमा नै २५ देखि ३० अर्बको विद्युत खपत गर्नसक्दा करिव ५ खर्ब बराबरको आयातलाई प्रतिस्थापन गर्न सकिने बताए । उनले विद्युत कम मूल्यको खपत भएपनि धेरै मूल्य बराबरको आयातलाई कम गराउनसक्ने बताए ।

    उनले भने,‘नेपालमा सबै काम विद्युतीय माध्यमबाट गर्नसक्यौं भने कुल आयातमा २० गुणा कम हुन्छ । सम्पूर्ण खाना पकाउने ग्यासको ठाउँमा विद्युत र सवारी साधन पनि विद्युतीय प्रयोग गरियो भने २५ देखि ३० अर्बको विद्युत खपत हुन्छ । त्यसले करिव ५ खर्बको आयातलाई प्रतिस्थापन गर्छ । विद्युत कम मूल्यको खपत हुन्छ तर धेरै मूल्य बराबरको आयातलाई कम गराउँछ । त्यसैले अब हरेक काम विद्युतीय माध्यमबाट गर्नुपर्छ । विद्युतीय चार्जिङ स्टेशन देशभर बनाउने लहर आउनुपर्छ । प्राधिकरणले निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेका छौं । निजी क्षेत्रले चार्जिङ स्टेशन बनाउने स्थानसम्म प्राधिकरणले विद्युत पु¥याउने र ट्रान्सफरमर राख्ने काम गरेको छ । निजी क्षेत्रले प्राधिकरणले तोकेको भन्दा २० प्रतिशत विद्युतीय चार्जिङ शुल्क लिन सक्नुहुन्छ ।’

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend