logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुन्दरबजारका स्थानीयलाई सहरी मन्त्री चौधरीले भने –काम समयमा हुन्छ वा हुदैन, कामको निगरानी गर्नुस्

    सुन्दरबजारका स्थानीयलाई सहरी मन्त्री चौधरीले भने –काम समयमा हुन्छ वा हुदैन, कामको निगरानी गर्नुस्

    11K
    Shares
    सुन्दरबजारका स्थानीयलाई सहरी मन्त्री चौधरीले भने –काम समयमा हुन्छ वा हुदैन, कामको निगरानी गर्नुस्

     

    लमजुङ । सहरी विकास मन्त्री मेटमणि चौधरीले काम समयमा हुन्छ वा हुदैन भन्ने कुराको निगरानी गर्न स्थानीय जनतालाई आग्रह गरेका छन् । सत्रसय–दुराडाँडा–अर्चल्यानी सडक स्तरोन्नती कार्यक्रमको शिलान्यास पछि आयोजित सभामा बोल्दै मन्त्री चौधरीले भने, ‘झलनाथ खनाल प्रधानमन्त्री हुँदा प्रादेशीक सडकका रुपमा विकास गरिएको यो सडक आज हाम्रो काँधमा आएको छ । हामीले यो सडकलाई थप स्तरीय बनाउने छौँ । कालोपत्रे गर्ने छौँ । यो सडक निर्माण सम्पन्न भएपछि यहाँका जनतालाई ठुलो राहत हुनेछ । काम समयमा हुन्छ कि हुदैन भनेर निगरानी गर्नुस् ।’

    हिजो एउटा परिस्थिति थियो । मैले बाटो ल्याएँ । मैले विकास गरेँ भन्ने स्थिति थियो । तर अहिले समय बदलिएको छ भन्दै मन्त्री चौधरीले थपे, ‘हिजो झगडा गर्ने संस्कार थियो । अब मिलेर विकास गर्ने समय आएको छ । अब तपाईंहरुले विकास सरकारले गर्याे भन्नुपर्छ । नेपाल सरकारले सहरी मन्त्रालयले कामको सुरुवात गर्छ । सहजीकरण नगरपालिकाले गर्छ । सम्बन्धित वडाले गर्छ । काम समयमा भएको छ कि छैन यो कुरा तपाईंहरुले हेर्ने हो । हाम्रो गाउँ आफै बनाउने हो । आफ्नो ठाउँ आफै बनाउने हो ।’

    सहरी मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहले सडक विकासका लागि नियमित बजेटको व्यवस्था गरिने प्रतिवद्धता जनाए । त्यसैगरि सहरी विभागका उपमहानिर्देशक नारायण भण्डारीले सडक विस्तार सँगै जनताको आय आर्जन बढ्ने धारणा राखे ।

    संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका आयोजना प्रमुख सुरोज पौडेलले सडकको विकासले माछापुच्छे«, अन्नपूर्ण, मनास्लु जस्ता थुप्रै हिम श्रृंखला हेर्ने पर्यटकको आइरो लाग्ने बताए । त्यसका साथै उनले ग्रामिण भेगमा होम स्टे देखि लिएर आर्थिक तथा सामाजिक रुपान्तरण हुने धारणा राखे ।
    कार्यक्रममा सुन्दर नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला, उपमेयर भवानी केसी, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबाबु अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

    ५१ करोड ९५ लाख ९३ हजार ९९ लागत अनुमान गरिएको उक्त सडकको कुल लम्बाई १५.०२ कि. मि. हुने छ भने सडकको चौडाइ ७.० मि (डे«न बाहेक) र कालोपत्रेको चौडाई ५.५ हुने जनाइएको छ ।
    त्यसैगरि सहरी मन्त्री चौधरीले तनहुँको व्यास न.पा. मानुङ्गमा निर्मित पर्यटकीय मार्गको उद्घाटन समेत गरेका छन् । उक्त सडकको कुल लागत ७ करोड ३ लाख १३ हजार ३८९ रहेको छ भने सडकको लम्बाई ४.६ कि. मी. रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend