काठमाडौं । सत्ता गठबन्धनका नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल गर्न गठबन्धनका नेताहरुको बैठक बसेको हो ।
संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले नगरेपछि उनको कदमको आलोचना भइरहेको छ ।