काठमाडौं । संवैधानिक कानुनका जानकार गेजा शर्मा वाग्लेले नागरिकता विधेयक दोस्रो पटक पनि प्रमाणीकरण नगरेर राष्ट्रपतिले असंवैधानिक काम गरेको टिप्पणी गरेका छन् । आज आज ट्वीट गर्दै वाग्लेले यस्तो टिप्पणी गरेका हुन् ।
राष्ट्रपतिको कदमलाई उनले संविधान नै असफल बनाउने षडयन्त्र भएको पनि बताए ।
आज ट्वीट गर्दै वाग्लेले भनेका छन्, ‘सार्वभौम संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले पारित गरेको नागरिकता विधेयक दोस्रोपटक पनि प्रमाणीकरण नगरेर संविधानको संरक्षक र पालक राष्ट्रपतिबाटै असंवैधानिक काम गरिएको छ । यो विधेयक प्रमाणीकरण नगरिएको मात्रै होइन, संविधानसभाद्वारा बनेको संविधान नै असफल बनाउने संगीन षड्यन्त्र हो ।’