logo

२०८१ कार्तिक २५ आइतबार

logo
  • आइतबार, २५ कार्तिक २०८१
  • राष्ट्रपति विरुद्ध सर्वोच्चमा परेको रिट हरि फुयालको इजलासमा

    राष्ट्रपति विरुद्ध सर्वोच्चमा परेको रिट हरि फुयालको इजलासमा

    2.2K
    Shares

    काठमाडौं । राष्ट्रपति समक्ष पेश भएको १५ दिन बित्दा समेत नागरिकता विधेयक प्रमाणीकरण नगरेको भनी सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदन प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश हरि फुँयालको इजलासमा पेश भएको छ । अधिवक्ता सुनिलरञ्जन सिंह लगायतले दर्ता गरेको रिट निवेदन न्यायाधीश फुयालको एकल इजलासमा परेको हो ।

    अधिवक्ता सागर बराल, डा.सुनिल रञ्जन सिंह, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले दर्ता गरेको निवेदन एकसाथ पेशीमा चढेको छ । विधेयक प्रमाणीकरणको विवादसम्बन्धी मुद्दा अरु सात वटा मुद्दाको पछि मात्रै पालो परेको छ ।

    २० भदौ २०७९ मा संघीय संसदले नागरिकता विधेयकलाई दोस्रोपटक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शितल निवासमा पठाएको थियो । १५ दिन बितीसक्दा समेत प्रमाणीकरण नगरेपछि राष्ट्रपतिको आलोचना हुँदै आएको छ । त्यही पृष्ठभुमीमा कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । उनीहरुले विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिका नाममा सर्वोच्च अदालतबाट आदेश जारी हुनुपर्ने माग गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend