logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • थप ५१ जनामा कोरोना संक्रमण हुँदा १०० जना निको

    थप ५१ जनामा कोरोना संक्रमण हुँदा १०० जना निको

    3.9K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा ५१ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् । भने कसैको पनि मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २४ जनाको पीसीआर परीक्षणमा ५१ जनामा कोरोना संक्रमण देखिएको हो । १ हजार २०६ जनाको पीसीआर परीक्षण गर्दा ४० जना र १ हजार ८१८ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर १ हजार २२३ जना सक्रिय संक्रमित रहेका छन् भने आइतबार १०० जना निको भएका छन् । जसमध्‍ये १ हजार १७४ जना होम आइसोलेसनमा रहेका छन् भने ४९ जना संस्थागत आइशोलेशन र ११ जना आईसीयूमा छन् ।

    आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५१ हजार ५४४ पुगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend