logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • शेयर बजारमा एकल अंकको सुधार, ४८ करोडको कारोबार

    शेयर बजारमा एकल अंकको सुधार, ४८ करोडको कारोबार

    4.3K
    Shares

    काठमाडौं । बुधबार शेयर बजारमा एक अंकको सामान्य वृद्धि भएको छ । नेप्से मंगलबार दोहोरो अंकले बढेको थियो । बुधबार बजार परिसूचक नेप्से ६.४१ अंकले वृद्धि भएर १८३७.४६ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.४५ अंकले वृद्धि भएर ३५९.५९ अंकमा बन्द भएको छ ।

    नेप्सेसँगै अधिकांश उपसूचकमा वृद्धि हुँदा व्यापार, वित्त कम्पनी, अन्य र म्युचुअल फण्ड उपसूचकमा गिरावट भएको छ । बैंकिङ बीमा, विकास बैंक, उत्पादन मूलक, होटल तथा पर्यटन लगायतका उपसूचक भने बढेको छ । नेप्सेमा वृद्धि भएपनि बुधबार कारोबार रकम भने ५० करोडबाट पनि तल झरेको छ । बुधबार नेप्सेमा १३ लाख ७० हजार ४७७ कित्ता सेयर किनबेच हुँदा ४८ करोड ५४ लाख ९ हजारको कारोबार भएको छ । जसमध्ये नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर सर्वाधिक ४ करोड ७५ लाख ९८ हजारको कारोबार हुँदा नबिल बैंकको २ करोड ६९ लाख ५३ हजार र रिडी हाइड्रोपावरको २ करोड ४ लाख १५ हजारको कारोबार भएको छ ।

    बुधबार नेप्सेमा कुल १८५ कम्पनीको शेयर कारोबार भएकोमा १०० कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै ७४ कम्पनीको शेयर मूल्यमा गिरावट हुँदा ११ कम्पनीको भने स्थिर छ । मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.२० प्रतिशतले वृद्धि हुँदा अभियान लघुवित्तको सेयरमूल्य ८.१९ प्रतिशत र सपोर्ट लघुवित्तको सेयर मूल्य ७.८० प्रतिशतले वृद्धि भएको छ ।

    यता ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइ मूल्य सर्वाधिक १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै राप्ति हाइड्रोपावर एण्ड जनरल कन्सट्रक्सन कम्पनीको सेयर मूल्य ६.०६ प्रतिशत र हिमालयन पावर पार्टनको सेयर मूल्य ५.९६ प्रतिशतले घटेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend