logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • उजुरीविरुद्ध जवाफ दिन प्रधानमन्त्री देउवालाई २ बजेसम्मको समय

    उजुरीविरुद्ध जवाफ दिन प्रधानमन्त्री देउवालाई २ बजेसम्मको समय

    3.2K
    Shares
    उजुरीविरुद्ध जवाफ दिन प्रधानमन्त्री देउवालाई २ बजेसम्मको समय

    काठमाडौं । फरक फरक जन्ममिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ट पार्न समय दिइएको छ ।

    नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति परेको भन्ने उजुरीबारे जवाफ दिनका लागि आज दुई बजेसम्मको समयसीमा दिइएको छ । देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस बिपी समुहका उम्मेदवार कर्ण मल्लले जन्ममिति फरक भएको भन्दै दिएको उजुरीमा देउवाले आज २ बजेसम्म जवाफ दिइसक्नु पर्नेछ ।

    डडेल्धुरामा प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार देउवा माथी परेको उजुरी उपर स्पष्ट पार्नका लागि निर्वाचन कार्यालयले मंगलबार दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको छ । देउवा बिरुद्ध सोमवार उजुरी परेको थियो ।

    सूचना पाटीमा टाँसिएको ब्यहोरालाई आधार मानेर प्रधानमन्त्री देउवाले उजुरीमाथि प्रमाण पेश गर्नु पर्नेछ । प्रधानमन्त्रीसमेत रहेको देउवाले पत्नी आरजु राणालाई वारेस बनाएर आइतवार उम्मेदवारी दर्ता गराएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend