logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • कांग्रेसले अबको संसदमा ‘मिस’ गर्ने दुई सांसद

    कांग्रेसले अबको संसदमा ‘मिस’ गर्ने दुई सांसद

    5.1K
    Shares
    कांग्रेसले अबको संसदमा ‘मिस’ गर्ने दुई सांसद

    काठमाडौं– मंसिर ४ गते प्रतिनिधि सभा निर्वाचनबाट मुलुकले नयाँ संसद र नयाँ सरकार पाउँदैछ । कांग्रेसको नेतृत्वमा सत्तारुढ गठबन्धन र एमाले चुनावी मैदानमा उत्रिएका छन् । राजनीतिक विजय कसको हुने यकिन छैन, तर अघिल्लोपटकका क्रियाशील कतिपय सांसद अब नहुने निश्चित छ ।

    २०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनलाई छिचोल्दै विजयी भएका र समानुपातिकबाट राम्रो पर्फमेन्स गरेका दुई सांसद कांग्रेसले गुमाउने भएको छ । कांग्रेस निकट कतिपयले दुई जनाको अभाव संसदमा हुने बताउँछन् ।

    कांग्रेसबाट डा. मिनेन्द्र रिजालले टिकट पाएनन् । २०७४ सालको निर्वाचनमा कांग्रेसले २३ सिट जित्दा रिजाल संसदको ढोकासम्म आउन पाउने भाग्यमानी सांसद थिए ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीको रापताप, नेकपा बनेपछि बाम सरकारको भारी बहुमतका बीचमा रिजालले संसदमा विपक्षी भएको आभास दिलाउँदे । तत्कालिन प्रधानमन्त्री ओली र नेकपालाई ठाडो शीर पारेर प्रश्न गर्ने क्षमता राख्थे ।

    मोरङ क्षेत्र नम्बर २ मा सुजाता कोइरालालाई कांग्रेसले टिकट दिएपछि रिजाल रेसबाट बाहिरिए । रक्षामन्त्री रहँदा कांग्रेस महामन्त्रीमा पराजित भएपछि राजीनामा दिएर नैतिकता देखाएका रिजालले टिकट नपाउँदा धेरैको ध्यान खिचेका छन् ।

    आन्तरिक लोकतन्त्रका लागि लडेकै कारण टिकटबाट बञ्चित भएको डा. रिजालको भनाइ छ । मिनेन्द्र रिजालजस्तो व्यक्ति आउँदा आफूमाथि औँला ठड्याउँछ भनेर सभापति शेरबहादुर देउवाले प्रतिशोध साँधेको उनको भनाइ छ । उनी भन्छन्, ‘देउवाले यसो गर्लान् भन्ने लागेको थिएन ।’

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेही २०७४ सालपछि संसदमा प्रतिपक्षको आभास दिलाउने अर्का सांसद हुन् । गगन थापाको जस्तो वाककलाका कारण उनले पनि संसदमा ध्यान खिच्ने गरेका थिए ।

    संसदमा खरो बहसमा उत्रने उनी पछिल्लो पुस्ताका नेतामा पर्दछन् । तर स्नेहीले यो पटक संसदमा प्रवेश पाउनेछैनन् । अघिल्लो पटक समानुपातिक तर्फबाट सांसद भएका र गृह जिल्ला बझाङ गठबन्धनमा नेकपा एसको भागमा परेका कारण उनले टिकट पाएनन् । ‘एडजस्ट’ गर्दा प्रर्याप्त ठाउँ भए पनि प्रतिस्पर्धा गर्न दिनबाट उनलाई रोकियो । ‘मैले १६५ निर्वाचन क्षेत्रमध्ये जहाँबाट पनि उठाए हुन्छ भनेको थिएँ, तर दिइएन,’ उनी भन्छन्, ‘दुइटा कारणले मलाई रोकियो । एउटा दलित भएका कारणले । अर्को चरम गुटबन्दीका कारणले ।’

    १६५ निर्वाचन क्षेत्रसहित प्रदेशमा दलितको उम्मेदवारीलाई निषेध गर्नु दुखद भएको स्नेहीको भनाइ छ । उनले संसदमा तत्कालिन बाम सरकारदेखि जनजिविकाका हरेक मुद्दामा खरो बहसमा उत्रन्थे । संसदमा उपस्थित नै नहुने पनि छन् । पाँच वर्षे कार्यकालमा एक शब्द नबोली बिदा हुने पनि छन् । तर, खरो बहसमा उत्रने नेताहरुलाई नै कांग्रेसले टिकटबाट बञ्चित गरेर साइजमा ल्याइदिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend