logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • सरकारी गाडीको नम्बर नै परिवर्तन गरेर चुनावी प्रचारमा खानेपानी मन्त्री चौधरी

    सरकारी गाडीको नम्बर नै परिवर्तन गरेर चुनावी प्रचारमा खानेपानी मन्त्री चौधरी

    3.5K
    Shares
    सरकारी गाडीको नम्बर नै परिवर्तन गरेर चुनावी प्रचारमा खानेपानी मन्त्री चौधरी

    बारा । आचारसंहिता उल्लंघन गर्दै खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले चुनावी प्रचारप्रसारका निम्ति सरकारी गाडीको दुरुपयोग गरेको पाईएको छ । बारा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार नेपाली काग्रेसका सहमहामन्त्री एंव खानेपानी मन्त्री उमाकान्त चौधरीले बाराको क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसारका निम्ति सरकारले मन्त्रीलाई दिएको गाडीको नम्बरनै परिर्वतन गरि प्रयोग गरिएको पाईएको हो ।

    मन्त्री चौधरीले रातोनिलो भएको बा २ झ ५८६१ नम्बरको सरकारी गाडीको नम्बर प्लेटनै परिवर्तन गरी बा १२ च ७४३१ नम्बरको प्लेट राखेर प्रयोग गर्दै आएका हुन । बारा जिल्ला घर भएका मन्त्री चौधरी केही हप्तादेखि बारामै छन ।

    उनले चुनावी प्रचारप्रसारका निम्ति  समेत सरकारी गाडी प्रयोग गर्दै आएको स्थानीय  राम एकबाल चौधरीले बताए । “मैले पहिले मन्त्री न्ज्युको यहीँ गाडीमा सरकारी नम्बर देखेको थिए विगत तीन चार दिनबाट निजी नम्बर देखे”, चोधरीले भने, प्रहरी नै मन्त्रीँग  अघिपछि हुन्छ प्रशासन मौन छ, कसले  कारबाही गर्ने खै ?


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend