काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वउपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ काठमाडौंमा शनिबार सम्मानित भएका छन् ।
फोकस नेपालले श्रेष्ठसहित समाजमा विभिन्न पेसा, व्यवसाय र समाजसेवामा क्रियाशीललाई सम्मान गरेको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले श्रेष्ठसहित राष्ट्र बैंकका डेपुटी गर्भनर डा. निलम ढुंगानालगायतलाई सम्मान गरेका छन् ।
समाजसेवासहित नेपालमा विदेशी लगानी भित्र्याउन योगदान दिएको भन्दै श्रेष्ठलाई सम्मान गरिएको संस्थाका अध्यक्ष रामचन्द्र पोखरेलले जानकारी दिए ।
श्रेष्ठको नेतृत्वमा झण्डै एक अर्बको लगानीमा नेपालमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले औषधि उत्पादन सुरु गर्दैछ । उनले नेपालमा उद्योग, व्यवसाय र सेवा क्षेत्रमा करोडौं लगानी गरेका छन् ।
कार्यक्रममा कलाकारहरुले दीपावलीको अवसर पारेर देउसै भैलो गीत प्रस्तुत गरेका थिए ।